१४ जेष्ठ २०७७, बुधबार ७:५४ | 05/26/2020 10:09 PM



यसपाली पनि तपाईहरुको फोटो टाँस्न सकिन! शैलेश श्रेष्ठ, न्युजर्सी, अमेरिका

१० बैशाख २०७७, बुधबार १३:२६ मा प्रकाशित

Shailesh Shrestha New Profile Photo
“सम्प्रेषण” मार्फत संचारकर्मीको गेरुवस्त्रमा नयाँ रुप धारण गरेपछि मैले आफ्नो परिचय र सम्बन्ध यो सामाजिक संजाल मार्फत नै विश्वब्यापी बनाएछु । कोरोना कहरको अनिश्चितता, महामारी र बिशेषगरि न्युयोर्क र न्युयोर्कको पनि हाम्रो बाक्लो आवादी अनि बस्ति भएको ईपीसेन्टर कुईन्स र हाम्रा मानिसहरुका बारेमा मलाई बिश्व भरिबाट साह्रै धेरै सोधनी हुने गरेका छन सायद लामो समय न्युयोर्क बसेको र संचार मार्फत जानी नजानी तर सिक्दै सुचनाकै खेती गरिरहेको संचारकर्मीको नाताले पनि होला संसारभरका संचार र संचारकर्मीहरुले वास्तविकताहरुको जानकारी लिने प्रयास गर्ने गर्नु भएको छ ।

तर मैले उहाँहरुलाई भन्ने गरेको छु मैले दिने सुचना या जानकारी अनाधिकृत मात्र हुँदैन “सेकेन्ड हेन्ड” पनि हुने गर्दछ किनकी म तुलनात्मकरुपमा “सुबिधा-घेरा” मा न्युजर्सीको पारिला फाँटहरुमा अनि आफ्नै करेसाबारीमा “कुकुर” र “ढुकुर” हरुसंग खेलेर करोना खड्गो काट्ने काम गरिरहेको छु । न मैले कुईन्सका साथीभाईहरुले जस्तै आफ्नै जीवन जोखिममा राखेर घर-घर थर्मामिटर, टाईलनोल, मास्क र अत्यावश्यक खाद्यान्न पुर्याउन सकेको छु न त हजारौं लाखौंको द्रब्य सहयोग नै गर्न सकेको छु ।
Census-Ad-1 एक जना श्रमजीवी मान्छे अक्सर यो आ-मरिखामा यसरी नै बाँचेको हुन्छ कतिले यथार्थ बोल्लान लेख्लान त कैयनले तानतान तुनतुन गरेर मालिकको द्रब्यमा “अभियन्ता” बनेको नाटक गर्लान! समाजमा सबै खालका मान्छेहरु हुन्छन त्यही कुईन्समा दिनरात आफ्नो ज्यानलाई जोखिममा राखेर काम गर्नेहरु पनि छन भने त्यही ज्याक्सन हाईट्सको मोहल्लामा बसेर त्यस्ता “जिउँदा भगवानहरु” को मानमर्दन गर्ने सुराकी-सम्बाददाताहरु पनि छन जो गलत रिपोर्टिंग गरेर मस्त निदाई रहेका छन ।

त्यसैले मसम्म सुचनाको अपेक्षा राखेर आउने संचारलाई त्यही बस्तिमा काम गरिरहेका “अन साईट हिरो” हरुसंग साक्षात्कार गर्न सुझाउने गरेको छु । खोई के लोभ र लालचले हो कुन्नी करिव तीन हप्ता अघि मेरा अग्रज तथा रेडियोकर्म र उद्घोषणका “मेन्टर” हरिशरण लामिछानेसंग चाँही लामै वार्तालाप गरेछु । त्यसो भनेर म लेख्दै लेख्दिन या बोल्दै बोल्दिन पनि भनेको होइन अमेरिकी बदलिएको समकालीन राजनीति, महामारीकै अवस्थामा पनि सतहमा प्रमाणिकरुपमा देखापरेका संस्थागत बिभेद, सहर, राज्य र केन्द्रले दिएका मानवीय सुबिधाहरु, संयुक्त सदनमा हुने गरेका नीतिगत बहसहरुका बारेमा लामो समय “लेजिसलेटिभ एड्भोकेसी” र अधिकारकर्म गरेका हैसियतमा आफ्ना विचारहरु पक्कै सम्प्रेषण गर्ने छु ।

हामी सामाजिक प्राणी भएका नाताले समुदायलाई जसले जसरी जे दिन सकिन्छ त्यही दिने हो । कोही औषधि मुलो दिएर सघाईरहेका छन त कोही दूरदराजहरुबाट अत्यावश्यक सामग्रीहरु पठाएर, कोही सहयोग खातामा द्रब्य जम्मा गरेर त हामी संचारकर्मीहरु फलदायी सुचना र जानकारी सम्प्रेषण गरेर!

नोट: मैले हड्सनवारीबाटै मनभरिबाट “जिउँदा भगवान” भन्दै सम्मान गर्ने गरेका सबै कर्मबीरहरुलाई पुनः स्मरण गर्दै सलाम गर्न चाहन्छु तर किन हो किन आफ्नो फेसबुक पोस्टमा उहाँहरुको फोटो टाँस्न चाँही आँट आईरहेको छैन किनकी उहाँहरु “एक” होइन “अनेक” हुनुहुन्छ । त्यो “अनेक” मा “एक” मात्र छुट्यो भने त्यस्ता जिउँदा भगवानको मनमा ठुलो चोट पर्न सक्छ । अहँ, म त्यस्तो महापाप किमार्थ गर्न चाहन्न । यो समय मानिसलाई दुखाउने होइन सकेको मल्हम लगाउने समय हो | कृपया मलाई माफ गर्नु होला यसपाली पनि मैले तपाईहरुको फोटो टाँस्न सकिन!