७ बैशाख २०८१, शुक्रबार ३:४८ | 04/19/2024 6:03 AM



अन्तत: राजिनामा गर्न बाध्य भए गभर्नर एन्ड्रु क्वोमो – शैलेश श्रेष्ठ

२६ श्रावण २०७८, मंगलवार १२:५६ मा प्रकाशित

 

यस्तो पो हो त बिधि र कानुनको शासन भनेको त! न्युयोर्क अटर्नी जनरल लातिसिया जेम्सको पछिल्लो रिपोर्ट र राष्ट्रपति जो बाईडेनको दवाब पश्चात पदमा टिकिरहने उनको हरेक दाउहरु अन्तत: पराजित भएका छन । कैयन महिला यौनजन्य हिँसा र दुव्यवहारहरुका अभियोगहरु खेपीरहेका न्युयोर्क राज्यका शक्तिशाली गभर्नर एन्ड्रु क्वोमोले आफ्नो पदबाट राजिनामा दिएका छन।

पुर्व गभर्नर ईलियट स्पित्जरकै हालत अनि हविगत भयो न्युयोर्क राज्यका वर्तमान गभर्नर एन्ड्रु क्वोमोको पनि । ११ वटा महिला यौनजन्य उत्पीडनहरुको अभियोग खेपिरहेका न्युयोर्क राज्यका गभर्नर क्वोमोलाई तत्काल राजिनामा दिन राष्ट्रपति जो बाईडेनले केही दिन अघि मात्र सुझाएका थिए । न्युयोर्क राज्यका अटर्नी जेनेरल लातिसिया जेम्सको कार्यालयले सार्वजनिक गरेको पछिल्लो रिपोर्टले पनि गभर्नरलाई दोषी करार र किटानी गरिसकेको थियो ।

अमेरिकाको कठोर मौजुदा कानुनको अगाडी कस्तै शक्तिशाली व्यक्ति या धनाढ्यहरुको पनि केही जोरजुलुम चल्दैन। बैयक्तिक प्रभाव या शक्तिले यस्ता यौनजन्य परपीडक कुकर्महरु ढाक्न छोप्न सकिने भए गभर्नर क्वोमोले सक्नु पर्दथ्यो जसको लोकप्रियता कोभिड-१९ को अनुपम ब्यबस्थापनका कारण चुलिएको थियो। त्यसको अलावा उनको नेतृत्व कौशल र समायोजनकै कारण लामो कालपछि न्युयोर्क राज्यको सिनेटमा डेमोक्रेट्सहरुले सुपर मेजोरिटी हँसिल गरेका छन भने ईतिहासमै सबभन्दा धेरै आप्रवासीमैत्री बिधेयकहरु पारित भएका छन।

त्यही कौशलताका कारणले अमेरिकीहरुले उनलाई भावी राष्ट्रपतिका रुपमा पनि हेर्न थालेका थिए। अन्तत: पुर्व गभर्नर ईलियट स्पित्जरकै जस्तै उनको राजनैतिक भविश्यको पनि अकाल अबसान भयो। यस्ता यौनजन्य उत्पीडनकै कारण अमेरिकामा उनी जस्ता कैयन सम्भावना भएका राजनीतिज्ञहरुको राजनैतिक जीवन अनपेक्षितरुपमा समाप्त भएका छन।