१३ बैशाख २०८१, बिहीबार ४:२२ | 04/25/2024 6:37 PM



आम संचारमा सामुदायिक सहभागिता

२९ फाल्गुन २०७१, शुक्रबार १५:१० मा प्रकाशित

मेरो प्रश्न स्पिकर मलिसा मार्क-भिभरितोलाई मिडियामा हाम्रो समानुपातिक हिस्सा कहाँ छ?
मेरो प्रश्न स्पिकर मलिसा मार्क-भिभरितोलाई मिडियामा हाम्रो समानुपातिक हिस्सा कहाँ छ?

न्युयोर्क सहरमा मात्र करिब १२६ भाषा बोलिने तथ्यांक बाहिर आएको छl तथापि राज्य र सहरले सबै भाषालाई समान या समानुपातिक न्याय गर्न सकेको छैनl अमेरिका भरिकै सबभन्दा उदार र प्रगतिशील भनिएको न्युयोर्क सहरको हालत यस्तो छ भने बाँकि स्वेत बहुमत भएको परम्पराबादी अनुदार राज्य र सहरहरुको हालत र हबिगत कस्तो होला अनुमान गर्न कठिन छैनl

हिजो बिहान न्युयोर्क सिटी काउन्सिलका स्पिकर मलिसा मार्क-भिभरितोले न्युयोर्क सहरका सक्रिय ३५ वटा संचार संस्थाहरुलाई राउण्ड टेबल छलफलमा आमन्त्रण गरेl उक्त राउण्ड टेबल छलफलमा नेपाली सूचना र संचार जगतको प्रतिनिधित्व गर्ने अवसर टेलिभिजन कार्यक्रम सम्प्रेषण (सम्प्रेषणयुयसए डट कम) र अमेरिकाबाट संचालित पहिलो टेलिभिजन ह्वाईट हिमाललाई पनि प्राप्त भयोl

सहरका जल्दा बल्दा बिषय र समस्याहरुको बारेमा पत्रकार तथा संचार संस्थाका प्रतिनिधिहरुले स्पिकर मार्क-भिभरितोलाई प्रश्न गरेका थिएl उनले न्युयोर्क सिटीले यहि आउँदो बर्षको जनवरीबाट वितरण गर्ने म्युनिसिपल आईडी (सिटी आईडी) का बारेमा समाचार र सूचना सम्प्रेषण गरेर न्युयोर्क सिटी काउन्सिललाई सहयोग गर्न आग्रह गरिनl

 राउण्ड टेबल छलफललाई सम्बोधन गर्दै स्पिकार मार्क-भिभिरित्तो
राउण्ड टेबल छलफललाई सम्बोधन गर्दै स्पिकार मार्क-भिभिरित्तो

सेन्टर फर कम्युनिटी एण्ड एथ्निक मेडियाले संयोजन गरेको उक्त राउण्ड टेबल कार्यक्रममा दी जूईस पोष्टका प्रकाशक हेनरी लेभीले सिटी र राज्यले छुट्याएको बजेटमा ८२ प्रतिशत मुलधारको अंग्रेजी संचारलाई दिने गरिएको र बाँकि १८ प्रतिशत बजेट मात्र सामुदायिक संचारले पाउने गरेको फेहरिस्त प्रस्तुत गरेl तर न्युयोर्क सहरको पछिल्लो आँकडा अनुसार न्युयोर्क सहरको सुचना र संचारमा ३७ प्रतिशत एथ्निक मेडियाले ओगटेको छl

सहभागीका प्रश्नहरुलाई सम्बोधन गर्ने क्रममा स्पिकर मार्क-भिभिरित्तोले आफु र सिटी काउन्सिलले यी र यस्ता यावत बिषयहरुलाई समाधान र सम्बोधन गर्न संचार र समुदायसंग काम गर्नकालागि ज्वाना पोन्चे द लियोनलाई मिडिया डिभर्सिटी रिलेशन निर्देशककारुपमा नियुक्त गरेको समेत बताईनl कार्यक्रमको सहजकर्ताको अहम भूमिका सेन्टर फर कम्युनिटी एण्ड एथ्निक मेडियाका जाहान्गीर खत्तकले गरेका थिएl

Photo Credit: William Alatriste/New York City Council