७ बैशाख २०८१, शुक्रबार ५:५४ | 04/19/2024 8:09 AM



एनआरएनए अमेरिका सस्थापनको “ग्राण्ड डिजाईन” र सुर्य लम्सालको अर्को उजुरी

२० असार २०७७, शनिबार २३:४८ मा प्रकाशित

एनआरएनए अमेरिकाको लागि बिधि-बिधान र आचारसंहिताको उल्लङ्घन र नक्कली मतको खेल सामान्य कोर्सहरु हुन |यस्ता नियमित आकस्मिकताहरु यहाँ निरन्तर चलिनै रहन्छन | यो संगठन प्रारम्भदेखि नै यस्ता खेलहरुमा अभ्यस्त भएका छन फलस्वरूप यो संस्थाले आरम्भदेखि नै न्यायालयको सामना गर्नु परिरहेको छ |

मुद्दा-मामला र झमेलाका बाबजुद डा. केशब पौडेलले दुई कार्यकाल पुरा गरे भने तेश्रो केशब पौडेलकोरुपमा जगेडा २०९३ मतको बाहुबलीले संस्थापन बनेका वर्तमान अध्यक्ष सुनील साह बिरुद्ध अमेरिकी अदालत र मात्री संगठन एनआरएनए आईसीसीमा अध्यक्ष पदका प्रत्यासी सुर्य लम्सालले उजुरी दर्ज गराएका छन | सम्भवत: आईसीसीले यसको बारेमा चाँडै नै आफ्नो निर्णय सार्वजनिक गर्नेछ |

हिजोबाट एनआरएन अमेरिकाको भर्चुअल बार्षिक साधारण सभा आरम्भ भएको छ भने भोली आईतबारको बन्दसत्रमा वर्तमान संस्थापनका ग्राण्ड डिजाईनरहरुले बिधानका केही धारा उपधाराहरुमा संसोधन गर्ने र निर्वाचन प्रमुखको नियुक्तिको घोषणा समेत गर्ने अन्तरिक तयारी गरिरहेको कुरा बिश्वस्त श्रोत र सुत्रहरुबाट जानकारी भएको छ |

श्रोतका अनुसार अब आयन्दा संस्थाको बिरुध्दमा अड्डा-अदालत जाने उम्मेदवारहरुलाई आगामी निर्वाचनमा उम्मेदवार हुनबाट पूर्णरुपमा निषेध गराउने बुँदा मौजुदा बिधानमा समावेश गराउन कस्सिएर लागेका छन | उनीहरुले अहिलेसम्म संशोधन गरिने बुँदाहरुका बारेमा आम साधारण सदस्यहरुलाई जानकारी गराएका छैनन |

मौजुदा बिधानको धारा ११० मा उपधारा-सी थपेर त्यस्तो शंसोधन गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको छ | यस बारेमा आईसीसीका सचिब गौरी राज जोशीको प्रतिक्रिया लिन खोज्दा उनले यस्तो शंसोधन आफैमा अबैधानिक हुने र त्यसो गर्न उनीहरु कथंकदाचित सफल भई हाले भन पनि त्यसलाई अमेरिकी कानुनले “ओभर राईड” गर्ने बताएका छन |

त्यसै गरि अघिल्लो पटकका बिबादित निर्वाचन प्रमुख बिश्व नाथ बराललाई आगामी निर्वाचनका लागि पुनः जिम्मेवारी दिईने तयारी भईरहेको जानकारी बाहिर आएपछि अध्यक्ष पदका प्रत्यासी सुर्य (साल) लम्सालले एनआरएनए आईसीसीका महासचिव डा. हेम राज शर्मालाई एउटा पत्र लेखेर सचेत गराएका छन |

सन २०२१-२३ सत्रमा आफुले चाहेकाहरुलाई हरेक हर्कत गरेर जिताउन ब्यूह रचनाकारहरु अहिलेदेखिनै कस्सिएर लागेका छन | ग्राण्ड डिजाईनरहरुले अब बेलैमा बुझ्न जरुरी छ अबको युगमा यस्ता अबैधानिक बदमासीहरु लामो काल जाँदैन |