१५ चैत्र २०८०, बिहीबार ११:३३ | 03/28/2024 1:48 PM



क्यापिटल हिल हमला: अमेरिकी ईतिहाँसको कालो दिन – शैलेश श्रेष्ठ, उत्तर अमेरिका

२२ पुष २०७८, बिहीबार २०:४५ मा प्रकाशित

ठिक आजकै दिन अर्थात् अघिल्लो बर्ष जनवरी ६ तारिकका दिन स्वेत सर्बोच्चतबादी अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड जे ट्रम्पको निर्देशन र आदेशमा चार सय बर्ष भन्दा लामो अबधि अभ्यास गरिएको संसारकै उत्कृष्ट भनिएको अमेरिकी लोकतन्त्रको झन्डै झन्डै प्राण पखेरु उडेको थियो। यदि सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा ट्रम्प बिजयी भएको भए अमेरिकी उदार लोकतन्त्र निर्देशित शासकीय शैली तर्फ उन्मुख हुने सम्भावना थियो भनेर राजनीतिका दिग्गज विश्लेषक र पण्डितहरुले भन्न थालेका छन।

क्यापिटल हिललाई हमला गर्न आदेश दिने ट्रम्प सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा जुटिसकेका छन तर करिव २४५ जना भन्दा बढी उनका आदेशपालक स्वेत सर्बोच्चतबादीहरु अहिले बिभिन्न अभियोगहरुमा गिरफ्तार भएर अदालतको आदेशमा जेल चलान गरिएका छन। हिँसा भट्केला कि भनेर कुनै पनि निकायले उनलाई आजका मितिसम्म पक्राउ गरेर कारवाही अघि बढाउने आँट गरेका छैनन। मुस्किलले उनका छोरा र छोरी सहित उनलाई न्युयोर्क अटर्नी जेनेरलको कार्यालयले उनीहरुद्वारा संचालित ट्रम्प फाउन्डेसनले गरेका गैरकानुनी कामहरुको बुझ बुझारत गर्न अनिवार्य उपस्थिति (सपिना) पुर्जी काटेका छन। तर उनीहरुले अबज्ञा गर्ने सम्भावना छ। सन् २०२० को निर्वाचन अघि ट्रम्पले आफ्नो घरको ठेगाना न्युयोर्कबाट फ्लोरिडा सारेका थिए।

अमेरिकालाई कानुनी राज्य भएको देश भनेर भनिए पनि एउटा सहत भन्दामाथि पुगेपछि अमेरिकाको कानुनमा पनि थुप्रै सिङ्गहरु हुने गर्दछन अनि छिद्रहरु देखा पर्ने गर्दछन । ट्रम्प माथिको कारवाही अब कानुनी रहेन त्यो त राजनैतिक भई सक्यो। अचम्म त परम्पराबादी स्वेतहरुमा उनको लोकप्रियता रत्तिभर पनि घटेको छैन।

‘प्राउड ब्वाई’ जस्ता स्वेत सर्बोच्चतबादी समुहहरुलाई एफबीआईले ‘होम ग्रोन टेरोरिष्ट’ को सुचिमा सुचिकृत गरेपछि त्यो अनुदारवादी धार्मिक समुह ‘क्वोअनान’ को आवरण र छद्मभेषमा राजनीतिमा अवतरण भएका छन। स्वेत अतिबादी धार्मिक समुह क्वोअनानको प्रतिनिधित्व गर्दै अमेरिकी तल्लो सदन हाउसमा विजय हाँसिल गरेकी मर्जोरी टेलरलाई ट्वीटरले आफ्नो संजालबाट डोनाल्ड जे ट्रम्पलाई जस्तै पूर्णकालिक प्रतिबन्ध लगाई दिएको छ।

अमेरिकी मध्यावधि निर्वाचन हुन अब एक बर्ष पनि बाँकी छैन। अहिलेको वर्तमान राजनैतिक परिदृश्य हेर्दा सन् २०२२ को मध्यावधि निर्वाचनमा तल्लो सदन हाउस रिपब्लिकनहरुको कब्जामा जाने सम्भावना अधिक देखिएको छ त्यस्तो अवस्था आएमा राष्ट्रपति जो बाईडेनको कार्यकारी हैसियत पनि राष्ट्रपति ओबामाको सन् २०१४ को जस्तै ‘ल्यामडक राष्ट्रपति’ को हैसियत हुनेछ। बैचारिकरुपमा मध्यपन्थ र यथास्थितिबादमा उन्मुक्त र उदात्त रमाएको अमेरिका एक कदम अघि बढेर दुई कदम पछाडी हट्न लागेको स्पष्टै देखिन्छ।

अमेरिकी लोकतन्त्र नै मास्ने अभिष्टका साथ भएको क्यापिटल हिल हमलामा आदेशपालकहरु भटाभट एकपछि अर्को गर्दै कानुनको दायरामा आईरहेका छन तर कन्स्पिरेसीका बादशाह डोनाल्ड जे ट्रम्प पुनः राष्ट्रपति बन्ने योजना र सपना लिएर राजनैतिक दौडाहमा निस्किसकेका छन।