११ बैशाख २०८१, मंगलवार ५:४८ | 04/23/2024 8:03 AM



मेरो निजि सुझाब र अभिमत अग्रगमनको पक्षमा

४ श्रावण २०७२, सोमबार १६:५८ मा प्रकाशित

जहाँ जसलाई जसरी आक्रमण र ढुंगामुढा गरिए पनि यो सर्बशक्तिमान जनताले स्थापित गरेको वर्तमान “संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल” माथिको बलात आक्रमण र प्रहार हो भन्ने मेरो निजि बुझाई छ | एक्काईसौं शताब्दीको चेतनशील आन्दोलनले स्थापित गरेको यो सुन्दर र सम्भावनायुक्त राज्य ब्यबस्था निकम्बा नेतृत्व र संस्थापनका कारण असफल बनाईनु हुन्न बरु समयानुकुल परिमार्जित र थप सहभागितामुलक र न्यायपूर्ण बनाईनु पर्छ | त्यहि असल चाहना र नियतले नेपाल सरकारले देश देखि विदेशसम्म सुझाब संकलन गरिरहेको छ | समय पुगेन या हाम्रो कुरो के सुन्थ्यो र भनेर निहु खोज्नु भन्दा समयमै आ-आफ्नो बोलि बोलौं र आफुलाई लागेको सुझाब दिउँ |

नेपाल सरकार अझ भनौं हाम्रो देश नेपाललाई यो क्षण थप “गाली” होइन समय सान्दर्भिक र अग्रगामी सुझाब” चाहिएको छ | अपराजयी जनताको बल र बुताले राजनैतिकरुपले अघि बढीसकेको नेपाल अब एकांकी राज्य ब्यबस्थामा रमाउने ढुंगे युगमा फर्कन सक्दैन किनकी आधा पेट खाएर भएपनि हामीले बाँकी संसारले अभ्यास गरेको उच्चतम लोकतन्त्रमा प्रवेश गरिसकेका छौं

मेरो निजि सुझाब अझ भनौं चाहनाका बूँदाहरु:

१. मानिसलाई कुनै पनि शर्त या बहानामा नागरिकताबिहिन/राज्यविहीन नबनाऊ|

२. कुनै पनि बहानाको आरक्षण र संरक्षणलाई निषेध या न्यूनीकरण गर बरु सकिन्छ भने राज्यले क्षतिपुर्ती दिने ब्यबस्था नयाँ संबिधानमा स्पष्ट उल्लेख गर |

३. जनता प्रति उत्तरदायी हुने प्रत्यक्ष निर्वाचित राष्ट्रपती या प्रधानमन्त्रीको संबैधानिक ब्यबस्था गर |

४. दुई सदनको ब्यबस्था गर तर अहिले स्थापित गरिएको प्रतिनिधि संख्यामा भारी कटौती गरेर समयानुकुल समानुपातिक

प्रणालीबाट ल्याईने प्रतिनिधिहरुको संख्या पनि घटाउ |

५. निर्वाचित प्रतिनिधि मात्र मन्त्री बन्न पाउने स्पष्ट ब्यबस्थाको ब्याख्या गर |

६. कुटनैतिक पदहरुमा राजनैतिक नियुक्तिको न्यूनीकरण र दुवै सदन समक्ष नागरिक सुनुवाईको बाध्यकारी कानुनी

ब्यबस्था गर |

७ फौजदारी अभियोग, भ्रष्टाचार र राज्य विप्लबको आरोपमा जेल सजाय भोगेकाहरुलाई निर्वाचनमा भाग लिन पूर्ण प्रतिबन्ध

लगाउने ब्यबस्थाको किटान गर |

८. प्राज्ञिक प्रतिष्ठानहरुमा राजनैतिक नियुक्तिको पूर्ण निषेधको बाध्यकारी ब्यबस्था गर |

९. जनताको चाहना र भावना बिपरित कार्य गर्ने प्रतिनिधिलाई फिर्ता बोलाउने (रिकल) प्रत्याह्वानको बैधानिक प्रत्याभूति गर |

तस्विर साभार अनि सहयोग: महेश्वर श्रेष्ठ, प्रदीप थापामगर, श्याम श्रेष्ठ अनि फेसबुक