७ बैशाख २०८१, शुक्रबार १२:३८ | 04/19/2024 2:53 AM



राष्ट्रपति ट्रम्पको अर्को शर्मनाक न्यायिक पराजय

४ असार २०७७, बिहीबार ११:३८ मा प्रकाशित

आम जनमतबाट मात्र होइन अब आफैले बिश्वास गरेर थपना गरेका न्यायाधिश र न्यायालयहरुबाट पनि राष्ट्रपति डोनाल्ड जे. ट्रम्प एकपछि अर्को गर्दै पराजित हुन थालेका छन | तीन दिन अघि मात्र अमेरिकी सर्बोच्च अदालतले समलिंगी भएको आधारमा कुनै पनि कामदारलाई कामबाट निस्कासन गर्न नपाउने भन्दै एलजीबीटीक्यु समुदायको पक्षमा ल्याण्डमार्क न्यायिक निर्णय गरेको थियो जहाँ निक्कै अपत्यारिलो किसिमले ट्रम्पले नियुक्त गरेका न्यायाधिस नील गोरस्युचले लिबरल न्यायाधिशहरुको पक्षमा आफ्नो अभिमत जाहेर गरेका थिए |

करिब दुई महिना अघि नै निर्णय गरिने कार्यतालिका भएको डाका (डिफर्ड एक्शन फर चाईल्डहुड अराईभल्स) का सन्दभमा आज अमेरिकी सर्बोच्च अदालतले यो सुविधालाई अन्त्य गर्ने राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशको विपक्षमा फैसला गरिदिएको छ | ५-४ को समीकरणले भएको आजको निर्णयमा सर्बोच्च अदालतका प्रमुख न्यायाधिश जन रबर्टले ड्राफ्ट गरेको निर्णयमा अन्य न्यायाधिशहरु रुथ बाडर गिन्सबर्ग, सोनिया सोतोमायर, एलेना कगेन र स्टेफन ब्रेयरले समर्थन गरेका छन |

अमेरिकी सर्बोच्च अदालतको यो पछिल्लो निर्णयले पुर्व राष्ट्रपति बराक ओबामाले सन् २०१२ कार्यकारी आदेशद्वारा अस्थायी कानुनी मान्यता दिएका करिब ७००,००० नाबालकहरुले कानुनी राहत पाउने छन | आप्रवासी समुदाय प्रति कठोर र अनुदार नीति राख्ने वर्तमान राष्ट्रपति ट्रम्पले आफुले सत्ता सम्हालेको केही कालमै यो सुबिधालाई खारेज गरिदिएका थिए तर डिस्ट्रिक कोर्ट र नाईन्थ सर्क्युट कोर्ट अफ अपीलले उनको निर्णयलाई कानुनी मान्यता नदिएपछि आफ्नो निर्णयलाई सदर गराई पाउँ भन्दै उनी सर्बोच्च अदालत पुगेका थिएँ अन्तत: त्यहाँ पनि उनको शर्मनाक कानुनी पराजय भयो |