१२ बैशाख २०८१, बुधबार ९:१३ | 04/24/2024 11:28 AM



साना ब्यबसायीहरुलाई आर्थिक राहत कार्यक्रम हात्ती आयो हात्ती आयो फुस्सा! शैलेश श्रेष्ठ, न्युजर्सी, अमेरिका

८ जेष्ठ २०७७, बिहीबार १२:५९ मा प्रकाशित

केयर्स (कोरोनाभाईरस एड रिलिफ एण्ड इकोनोमिक सेक्युरिटी) एक्ट मार्फत एसबीए (स्मल बिजिनेस एडमिनिस्ट्रेशन) अन्तरगतको पीपीपी (पेरोल प्रोटेक्शन प्रोग्राम) ऋण अनुदार आर्थिक राहत प्याकेजमा ठुला बैंकसंगको घनिष्ट ब्यबसायिक सम्बन्ध अनि प्रशासकीय र राजनैतिक पहुँचका कारण कैयन कर्पोरेसनकै आकार र हैसियत भएका ठुला ब्यबसायहरुले पनि अबैधरुपमा ठुलो रकम हात पार्न सफल भएकोले त्यसको छानविन गर्ने माग गर्दै माईनोरिटी लिडर डेमोक्रेट्स चक सुमर र सिनेटर एलिजाबेथ वारेनले नेतृत्व गर्दै एसबीएका ईन्सपेक्टर जनरल हानिबल “माईक” वायर र एक्टिंग ईन्सपेक्टर जनरल रिचार्ड के डेल्मरलाई पत्राचार गरेका छन ।

करिव उस्तै व्यहोराका दुई फरक फरक उजुरी-पत्रहरु ईन्सपेक्टर जनरल हानिबल “माईक” वायर र एक्टिंग ईन्सपेक्टर जनरल रिचार्ड के डेल्मरको नाममा डेमोक्रेट्सहरुले दर्ता गराएका छन । चार पेज लामो एउटा पत्रमा सिनेटर एलिजाबेथ वारेज र कांग्रेसउमेन नादिया भेलास्कसले हस्ताक्षर गरेका छन भने अर्को पत्रमा माईनोरिटी लिडर चक सुमरसंगै सिनेटर सेरोड ब्राउन र बेन कार्डीनले हस्ताक्षर गरेका छन ।

रुथ्स क्रिस स्टेक हाउसले पीपीपी अन्तरगतको २० मिलियन डलर बराबरको ऋण अनुदार स्वीकृत गराउन सफल भएको खबर अघिल्लो हप्ता वाल स्ट्रीट जर्नलमा प्रकाशित भएपछी यो बिषयले मिडियादेखि अमेरिकी दुवै सदनमा प्रवेश पायो अन्तत: व्यापक बिरोध भएपछी तीन दिन अघि मात्र उक्त स्टेक हाउसले स्वीकृत भईसकेको उक्त सुबिधा नलिने घोषणा गरेका छ्न भने उत्तर अमेरिकामा तीन सय भन्दा धरै स्टोर भएको पोटबेल्ली स्याण्डविच सपले पनि १० मिलियन डलरको ऋण सुबिधा र अनुदान लिन सफल भएको खबर अहिले बाहिर आएको छ । पाँच सय मिलियन डलर भन्दा बढी चालु पुँजी भएको यो ठुलो स्याण्डविच सपका सीईओले १.६ मिलियन डलर बराबरको बार्षिक सेवा सुबिधा लिने गरेका छन ।

तथ्य र आंकडाहरुका अनुसार अमेरिकामा करिव साठी लाख भन्दा बढी साना ब्यबसायहरु छन र अहिलेले कोभिड-१९ महामारीले त्यस्ता स्वरूप र आकारका ब्यबसायहरु पुर्णत: धरासयी भएका छन । केयर्स एक्ट अन्तरगत पहिलो चोटी प्रायोजन गरिएको ३४९ बिलियन डलर र हिजो राष्ट्रपतिले हस्ताक्षर गरेको अर्को अतिरिक्त ३१० बिलियन डलर बराबरको ऋण अनुदार राहत प्याकेजको लक्षित वर्ग भनेको त्यही साना ब्यबसायहरु हुन तर यथार्थमा अमेरिकाको संस्थागत बिभेदका कारण कार्यन्वयन गर्ने सन्दर्भमा चाँही ठुला र पहुँचवाला ब्यबसायहरुले फाईदा दिने गरेका छन ।

अघिल्लो राहत प्याकेजमा देखिएको छिद्रहरुलाई टाल्नको लागि डेमोक्रेट्सहरुले यसपाली उपलब्ध गराईने सहुलियत दरको ऋण सुबिधा र ग्रान्ट साँचो अर्थका साना ब्यबसायीहरुले प्राप्त गरुन भनेर हरेक प्रयास गरिरहेका छन । आप्रवासी र महिलाहरुले संचालन गरेका साना र मझौला ब्यबसायहरुका लागि यो ऋण सहुलियत आर्थिक राहत प्याकेज हात्ती आयो हात्ती आयो फुस्सा हुनेगरेको छ ।