१५ चैत्र २०८०, बिहीबार ७:४६ | 03/28/2024 10:01 AM



सिनेटर वारेनको बहिर्गमन – शैलेश श्रेष्ठ

२२ फाल्गुन २०७६, बिहीबार १३:४० मा प्रकाशित

अन्तत: राष्ट्रपतिकि प्रत्यासी डेमोक्रेटिक उम्मेदवार म्यासाचुसेट्स राज्यकि सिनेटर एलिजाबेथ वारेनले पनि मैदान खाली गरिदिएकी छिन । डेमोक्रेटिक प्राईमरी अन्तरगतको बाँकी प्राईमरी/ककस अब “डु अर डाई” शैलीको अनि उपल्लो ध्रुविकृत र दुईपक्षीय लडाई हुनेछ जसका लागि बयोबृध्द दुई स्वेत उम्मेदवारहरु मोडेरेट लेनका जो बाईडन र प्रोग्रेसिभ लेनका बर्नी सान्डर्सको आक्रामक आमने-सामने हुने निश्चित छ । बर्नी स्यान्डर्स शैलीकै चुनावी क्याम्पेनमा होमिएकी वारेन अन्तत: पार्टी भित्र “तेश्रो धार” स्थापित गर्न असफल भईन उक्त कुरा उनले सहज अनि सरलरुपमा स्वीकार गरेकी छिन ।

“कसलाई ईन्डोर्स गर्नु हुन्छ?” भनेर अधिकांश मिडियाहरुले सोधेको प्रश्नको जवाफ उनले यत्ति भने “म लामो र गहिरो स्वास लिएर केही समयमा यसको निर्णय गर्ने छु ।” बैचारिकरुपमा सिनेटर सान्डर्ससंग नजिक भएकी त्यही प्रगतिशील कित्ताकि सिनेटर वारेनले अन्तत: बर्नी सान्डर्सलाई नै समर्थन गर्छिन भन्ने आम अनुमान भएपनि अहिलेको राजनैतिक घटनाक्रम हेर्दा त्यसो नभएकोमा पनि हामीले अचम्म मान्नु पर्ने स्थिति छैन ।

अमेरिकी राजनीति बैचारिक कित्ताकाटको आधारमा सरलरेखामा अघि बढेको छैन । उनले जसलाई “ईन्डोर्स” गरेपनि उनको भूमिका “किङ्ग मेकर” स्तरको हुने मेरो अनुमान छ । बाँकी प्राईमरी र ककस हुने राज्यहरुमा ओबामाकालको जस्तै स्तरमा तन्नेरी पुस्ताको सहभागिता भएन भने डेलिगेट्स गणनामा बर्नीले बाईडेनलाई उछिन्न गाह्रो छ त्यस्तो परिबेगको सम्भावना हुँदाको स्थितिमा सिनेटर वारेनले आफ्नो बैचारिक कित्ताका बर्नीलाई सहभागिता सहितको ईन्डोर्स गर्नेछन होइन भने आफ्ना एजेन्डाहरु लागु गर्ने गराउने शर्तमा अमेरिकी ईतिहांसकै खतरनाक राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई पराजित गर्ने “युनिटी एजेन्डा” अन्तरगत स-शर्त पुर्व-राष्ट्रपति तथा अहिलेका फ्रन्ट-रनर जो बाईडेनलाई “ईन्डोर्स” गर्नेछिन ।

राजनीति गणित मात्र होइन, अनुमानहरुको खेती पनि हो |अमेरिकी राजनीतिलाई बिगत डेढ दशकदेखि नजिकबाट हेरेको र अलिअलि बुझेको हैसियतमा मैले चाँही यसरी बुझें है वर्तमान डेमोक्रेटिक पार्टी भित्रको अमेरिकी शैलीको राजनीति!