८ बैशाख २०८१, शनिबार १२:१० | 04/20/2024 2:25 AM



“बाबा ईज इट नट रियल्ली स्याड, बर्नी सान्डर्स गोइङ्ग टु लुज दि प्राईमरी?” – शैलेश श्रेष्ठ, न्युजर्जी

१८ जेष्ठ २०७३, मंगलवार २३:३७ मा प्रकाशित

धेरैपछि भान्सामा अमेरिकी राजनीति पस्यो अनि मेरी छोरी सुयशाले खानासंगै राजनैतिक जिज्ञाशा पनि पस्किईन |
हुन त हामी दैनिकी, विचार, प्राथमिकता अनि कर्महरुमा तीन जना तीन तिर हुन्छौं तर आज धेरै पछि मेरी छोरीले खाना खाँदै गर्दा अमेरिकी राजनीति अनि राष्ट्रपतीय प्राईमरीको बारेमा केहि जिज्ञाशाहरु खानासंगै पस्किईन | “बाबा ईज इट नट रियल्ली स्याड, बर्नी सान्डर्स गोइङ्ग टु लुज दि प्राईमरी?” यस्तो प्रश्न गरिरहँदा साच्चै उनि पो दु:खी देखिन्थिन |

10606045_868204129880257_7345423498580241580_n

मैले भने: हो छोरी, बर्नी गणितमा हार्दैछ अथवा हारी सक्यो प्रत्यासी हिलारी क्लिन्टनसंग तर विचारका दृष्टिकोणले उसले निरन्तर जितिरहेको छ | मेरो जवाफले उनलाई चित्त बुझेन किनकी उनले आफ्नो कलेजमा हजारौंको संख्यामा “आईएमबर्न” भनेर बर्नीको पक्षमा उर्लिएको देखेकी छिन | तर पुरातानिक यथास्थितिबादी मध्य दक्षिणपन्थी अमेरिकाको राजनैतिक चाबी कलेज अनि क्याम्पसका शिक्षित तन्नेरी नयाँ पुस्ताको हातमा आईसकेको छैन |
सन २००४ को ओबामा क्याम्पेनमा उर्लिएको “आशा” र “परिवर्तन” को ज्वारभाटाले राजनैतिक अवतरण नपाएपछि बिटुलिएको अमेरिकी प्रगतिशील आन्दोलनले पुनः गन्तब्य भुलेको छ भने “लिबरल लायन” टेड क्यानडीको देहाबसानपछि अमेरिकाको प्रगतिशील अनि उदारबादी आन्दोलननै टुहुरो भएको छ |

सन २००४ को “अष्टोरिया फर ओबामा” क्याम्पेनमा राजनीति नबुझ्दै उनि मसंग ओबामाको फ्लायर बाढ्न जान्थिन | एमएसएनबीसी च्यानलमा मैले सँधै हेर्ने गरेको किथ ओल्बरम्यान, क्रिस म्याथ्यु, रेचल मेडो, क्रिस हेज आदीको टक शो उनि पनि आक्कल झुक्कल हेर्थिन अनि “मर्निग जो” को मिका ब्रेजेन्स्की प्रति उनको “फेबर” हुन्थ्यो | यसरी नजानिँदो गरेर उदारवाद अनि प्रगतिशीलता प्रति उनको निकटता बढेछ |

उनले मेरो गणितलाई पत्त्याउने आधारहरु खोजी रहेकी थिईन त्यहि मौका छोपेर मैले केहि यथार्थ अनि कारणहरु खानाहरुसंगै पस्किएं “छोरी अमेरिकामा प्रोग्रेशिभ मुभमेन्ट अझै निक्कै कमजोर छ, अनि बर्नी बाहिरिया (आउट साईडर) हुन जो लामो समय सिर्फ एक जना स्वतन्त्र “सोसीलिष्ट” मात्र भएर रहे न उनीसंग ठुला धनाढ्यहरुको संजाल छ न त डेमोक्रेटिक पार्टीको संस्थापन जे जती उनले मोमेन्टम हाँसिल गरे सिर्फ उनले आफ्नो विचार अनि अविचलित अडानका कारण गरे जहाँ तिमीहरु जस्तो तन्नेरी पुस्ताको समर्थन अनि सपना जोडिएको थियो |

उनलाई मैले क्लिन्टन बिरासतका संसर्ग, संबन्ध र संस्थापनको हातमा रहेको सुपर डेलिगेट्सको कृपाले हिलारीलाई प्राप्त भएका “प्रिभिलेज” हरुका बारेमा पनि जाने जति भनें तर अन्तमा उनले एउटा पुरक प्रतिप्रश्न मलाई गरिन “बाबा, प्रोग्रेशिभ मुभमेन्ट त अमेरिका जस्तो शिक्षित देशमा बलियो हुनुपर्ने होइन र ?”

यो प्रश्नको जवाफ मैले दिईन अथवा दिन चाहिंन किनकी यो प्रश्नको जवाफ मैले दिएको भए मैले अमेरिकालाई हेर्ने अनि बुझ्ने गरेको मेरो निजि बुझाई मात्र भन्ने थिएँ | यहींको शिक्षामा शिक्षित अनि दीक्षित भएका हाम्रा नयाँ पुस्तालाई हामीले आफ्नो कोरा बुझाईले “डिक्टेट” गर्न जायज हुँदैन | मैले उनिमा ईम्पोज गरेको विचार उनको स्वाधीन बुझाई भन्दा नितान्त फरक पनि हुन सक्छ अथवा हुन सक्थ्यो |
बरु अब म र मेरो पुस्ताले त मेरी छोरीको पुस्ताको बुझाई, उनीहरुको प्रगतिशीलताको नयाँ यथार्थपरक अनि आयामिक परिभाषा पो सुन्नु पर्छ |