१६ चैत्र २०८०, शुक्रबार १:०२ | 03/29/2024 3:17 AM



अप्ठेरो समयमा एउटी साहसी महिला – शैलेश श्रेष्ठ, न्युयोर्क

१७ फाल्गुन २०७१, आईतवार ०१:२५ मा प्रकाशित

Thumbnail for 174

सन २००८ को आशा र परिवर्तनको नारा र जनलहरले इतिहासकै शक्तिशाली राष्ट्रपतिको पदावली दिएको वर्तमान राष्ट्रपति बराक ओबामा अहिले कार्यकारी हैसियतका अमेरिकी इतिहासकै निर्बल र निरिह राष्ट्रपतिहरुको पंक्तिमा उभिन आईपुगेका छन्|

अहिले अमेरिकाको दुवै सदन अतिवादी दक्षिणपन्थी रिपब्लिकनहरुको कब्जामा छ| तल्लो सदनमा रिपब्लिकनहरुको प्रचण्ड बहुमत (२४६-१८८) छ भने माथिल्लो सदन सिनेटमा ५४-४६ को समीकरण छ| सदनमा रिपब्लिकनहरुको दुई तिहाई मत नभएको कारण राष्ट्रपतिले पास गरेका बिधेयक र कानुनहरु त्यो हदसम्मको जोखिममा छैन|

तथापी अहिले तल्लो सदन कांग्रेसका अतिवादी रिपब्लिकनहरु ओबामा केयरको नामले जानिने स्वास्थ्य सेवा प्रणालीको बिरुध्दमा पचासौं पटक यो कानुन रद्द गरिनु पर्छ भनेर “रिपिल” गरिरहेका छन| उनीहरुको ध्यय व्यवधान मात्र हो समाधान हैन किनकी त्यो सम्भब छैन|

वर्तमान महान्यायाधिवक्ता एरिक होल्डरले आफु पदबाट बाहिरिने रुचि राखे पछि अहिले राष्ट्रपति ओबामाले उक्त पदमा सामाजिक न्याय सम्पादनमा अत्यन्त राम्रो “ट्रयाक रेकर्ड” भएकी लोरेत्ता लिञ्चलाई उक्त गरिमामय पदमा मनोनयन गरेका छन र यो हप्ताबाट नागरिक सुनुवाई पनि आरम्भ भएको छ|

न्यायिक समितीका नवनियुक्त अध्यक्ष रिपब्लिकन चक ग्रास्ली सुनुवाईमा प्रश्न गर्दै
न्यायिक समितीका नवनियुक्त अध्यक्ष रिपब्लिकन चक ग्रास्ली सुनुवाईमा प्रश्न गर्दै

उनि बिना भेदभाव मानिसले काम गरि खान पाउने अधिकारको पक्षपोषण गर्छिन, हिजोको नागरिक सुनुवाईमा पनि उनले कागतपत्रबिहानहरुलाई पनि अमेरिकामा काम गरेर खान पाउने अनि जिउन पाउने अधिकार भएको अडान राखिन तर बिपक्षी अतिवादीहरुले उनलाई निरन्तर घेराबन्दी र केरकार गरे|

सन २००८ को राष्ट्रपतीय निर्वाचनमा सर्मनाक हार खपेका वर्तमान सिनेटर जन म्याकेनले लोरेत्ता लिञ्चको प्रत्युत्तरमा भने ” काम गर्न होइन, यिनीहरुलाई त यहाँ आउने अधिकार पनि छैन”|

अब यिनीहरुले आप्रवासी बिरोधि नीति, नियत र अनुहार पुनः देखाउन थालेका छन| आप्रवासी र ल्याटिनो मतलाई आफ्नो पक्षमा नल्याई राष्ट्रपतिको चुनाब नजितिने यथार्थ जन म्याकेन र मिट रम्नीहरुले बुझेका छन तर पनि रिपब्लिकन पार्टीकै अनुदारबादी कित्ता टी पार्टीको बहकाउमा लागेका छन अहिले सम्पूर्ण रिपब्लिकन पार्टी|

बैचारिकरुपले डरलाग्दो गरि दायाँ तर्फ कोल्टे फेरेको अमेरिकी वर्तमान राजनीतिमा प्रस्तावित महान्यायाधिवक्ता लोरेत्ता लिञ्चको नियुक्तिले सामाजिक न्याय सम्पादनमा एक हदसम्मको शक्ति सन्तुलन राख्न मद्दत पुग्ने आशासम्म गर्न सकिन्छ|

अमेरिकी इतिहासकै पहिलो अस्वेत महान्यायाधिवक्ता बन्ने प्राय निश्चित भएकी लोरेत्ता लिञ्चलाई हार्दिक बदाई छ!

तस्विर साभार: न्युयोर्क डेली न्युज