१५ चैत्र २०८०, बिहीबार ८:१७ | 03/28/2024 10:32 AM



हाम्रो आफ्नै कुरा – शैलेश श्रेष्ठ, न्युजर्सी

६ श्रावण २०७५, आईतवार २३:०३ मा प्रकाशित

संयुक्त राज्य अमेरिकाको सियाटलमा हिजो आरम्भ भएको हाम्रो संगठन नेपाल अमेरिका पत्रकार संघको बार्षिक साधारण-सभामा आफु जान सक्ने अवस्था नभए पछि मैले आफुले ईष्टकोष्टबाट धेरै खसखस अनि सकसक गर्न जायज ठानिन किनकी त्यसले अनेक खाले अर्थ लाग्ने झिनो सम्भावना र जोखिम पनि रहन्थ्यो । आफु पनि यो संगठन को एकजना संस्थापक सदस्य भएकै नाता र हैसियतमा मेरो मनको अन्तरकुन्तर एउटा चाहना भए पक्कै थियो कि यो हाम्रो संगठनमा हिजोको राजनैतिक आस्था र रंग बोकेर आधुनिक दासतालाई स्विकार्ने परजीवी दासहरु र धनीमानी देख्ना साथ सात हात परैबाट दुई फीट निहुरिएर द्रब्य को लागि खुट्टै ढोग्ने व्यक्ति पुजा गर्ने लाचार परजीवीहरुको आगमन र प्रवेश नहोस ।
10934515_1550952188483691_789320792_n

नेतृत्वमा यस्ता साथीभाईहरु आउन जो सत्य र तथ्य सम्प्रेषणका लागि आफु मर्न तयार होउन । यो क्षेण केहि निर्वाचित व्यक्तिहरुको नाम यो सामाजिक संजालमा सार्वजनिक भएका छन अझै पनि मलाई थाहा छैन उनीहरु निर्बिरोध चयन भएका हुन कि निर्वाचननै भएको थियो । जे र जसरी नेतृत्वमा आएपनि सार्वजनिक भएका नामहरु पढेपछि देखेपछि म चाँही निक्कै आशावादी भएको छु । लागेको, देखेको अनि भोगेको कुरा सफासंग भन्न, बोल्न अनि लेख्न सक्नेहरुनै नेतृत्वमा आएका छन त्यत्ति भए हामी हाम्रो बिग्रिएको छबी निरन्तर सुधार्न पक्कै सक्षम हुनेछौं । केही भाईहरुले नेतृत्वमा आउन अघि मलाई पनि लेख्नु भएको थियो तर मैले बोल्न उचित ठानिन किनकी आफु जान नसकेपछि यहाँबाट गफ हाँक्नुको कुनै अर्थ अनि औचित्य हुँदैन ।

यो पुरातानिक कर्मकाण्डी समाजका अन्य पदलोलुप संघ-संगठन र तिनका मुखियाहरुलाई पहरेदारी गरेझैं सँधै र अझै म आफैले जन्माएको यो संगठनका निर्वाचित मुखियाहरुको पनि कडाईका साथ पहरेदारी र निगरानी पकै गर्नेछु । उनीहरुले “कन्फ्लिक्ट अफ इन्ट्रेस्ट” हुने काम गरे भने, कुनै पार्टीको क्रियाशील सदस्यता लिएर पक्षपोषण गरे भने अथवा बिधानले निर्देशित गरेको बिधि बिपरित गएर “कोड अफ कन्डक्ट” या ईथिक्स बिपरित प्रमाणिक काम गरे भने त्यस बापत उनीहरुलाई दण्डनीय बनाउन निरन्तर “वाचडग” को काम गर्ने छु । नेजाको ईतिहासमै पहिलो पटक यसपाली प्रमाणीकरण समितिले बिधानमा ब्यबस्था भएको आधारमा सदस्यता वितरणमा बैधानिक मापदण्डको उच्चतम परिपालन गरेका छन, चुनाबी मतदाताको हैसियतमा नेजाको सदस्यता लिन उद्दत कैयनले यस पटक सदस्यता पाएनन् अथवा उनीहरुको पुरानो सदस्यता नवीकरण भएन त्यस अर्थमा प्रमाणीकरण समिति धन्यबादको पात्र बनेका छन । मैले एकल रुपमा लामो काल उठाएको मागको सम्बोधन मात्र होइन कार्यान्वयन समेत भएको छ त्यस अर्थमा पनि म खुसी छु ।

नेपाली कांग्रेस पार्टीको भात्री संगठन नेपाली जनसम्पर्क समितिमा लामो काल समाहित अनि सक्रिय रहनु भएका मेरा स्नेही भाई गोकुल ढकाल पनि नेतृत्वमा आएको जानकारी प्राप्त भएको छ, म ढुक्क छु उनले अबको केही दिनमा पार्टीको कामबाट बिदा लिएर संचारकर्ममा हाम्रो नेतृत्व गर्नेछन ।

हामीलाई नेतृत्व दिने दुस्साहसका साथ यो सचेतनाको संगठित अभियानमा आउनु भएका, बिजयी हुनु भएका या छानिनु भएका सप्पै-सप्पैलाई मनभरीबाट हार्दिक बधाई दिन चाहन्छु ।