१२ बैशाख २०८१, बुधबार ५:५७ | 04/23/2024 8:12 PM



अमेरिका स्लाईट्ली टर्निङ्ग दि “लेफ्ट” – शैलेश श्रेष्ठ, न्युजर्सी

२२ श्रावण २०७५, मंगलवार २२:५९ मा प्रकाशित

अमेरिका अहिले मौसम जस्तै तातेको छ चुनाबहरुले । आगामी नोभेम्बर महिनामा हुने मध्यावधिले दुवै सदनको अंकगणित र समीकरण मात्र होइन राष्ट्रपति डोनाल्ड ट्रम्पको भबिष्यको पनि छिनाफानो गर्ने सम्भावना छ । उनले समर्थन गरेकाहरुले सर्मनाक हारको सामना गर्नु र डेमोक्रेट्सहरुले अनपेक्षितरुपले एकपछि अर्को गर्दै जीतहरु हात पार्नु भनेको राष्ट्रपतिका बिरुध्द मा ल्याईने “ईम्पिचमेन्ट” को प्रस्ताबको सम्भावना बढ्नु पनि हो ।
Thumbnail for 220369

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रसियाको संलग्नताको छानविन गरिरहेको रबर्ट म्युलरको बिशेष छानविन समितिले अर्को हप्तासम्ममा राष्ट्रपतिसंग प्रत्यक्ष बयान लिने सम्भावना छ । पछिल्लो निर्वाचनहरुको गहन अनि सुक्ष्म विश्लेषण गर्ने हो भने एउटा सफेद सत्य स्पष्ट देख्न सकिन्छ त्यो के हो भने अमेरिकी जनमत अहिले डेमोक्रेट्स अझ बिशेष गरेर उदार अनि प्रगतिशीलहरुको पक्षमा छ । अघिल्लो हप्तासम्मको भएका बिशेष र अफ द ईयर ईलेक्सनहरुमा एकपछि अर्को गर्दै ३८ वटा निर्वाचनमा डेमोक्रेट्सहरुले जीत हाँसिल गरिसकेका छन । जसमा न्युजर्सी राज्य र भर्जिनिया राज्यका गभर्नर र अलाबामा राज्यको सिनेटरको निर्वाचनहरु पर्दछन । डेमोक्रेटिक पार्टी संस्थापनका बलिया खम्बा तथा अमेरिकी तल्लो सदन हाउसका सभामुख आकांक्षी जोसेफ क्राउलीलाई प्राईमरीमा पराजित गर्दै उदाएकी न्युयोर्क राज्यकी सोसोलिष्ट डेमोक्रेट्स अलेकजान्द्रिया ओकासियो-कोर्टेज, अलाबामा राज्यका गभर्नर पदका दावेदार पहिलो अस्वेत उम्मेदवार स्टेसी अब्राम, मिचिगन राज्यका उदयमान मुस्लिम अमेरिकन तथा प्रगतिशील उम्मेदवार अब्दुल अल-सायदहरुअहिले फ्रन्ट-लाईनमा देखिएका प्रतिनिधि पात्रहरु हुन ।

HARTFORD, OH - AUGUST 06:  Ohio Republican congressional candidate Troy Balderson makes a campaign stop at the Licking County Hartford Fair on August 6, 2018 in Hartford, Ohio. Balderson is in a dead heat race against Democratic challenger Danny O'Connor for tomorrow's special election in Ohio's 12th Congressional District.  (Photo by Scott Olson/Getty Images)
HARTFORD, OH – AUGUST 06: Ohio Republican congressional candidate Troy Balderson makes a campaign stop at the Licking County Hartford Fair on August 6, 2018 in Hartford, Ohio. Balderson is in a dead heat race against Democratic challenger Danny O’Connor for tomorrow’s special election in Ohio’s 12th Congressional District. (Photo by Scott Olson/Getty Images)

अहिले ओहाईयो राज्य डिस्ट्रिक नम्बर १२ को बिशेष निर्वाचन चर्चाको केन्द्रमा छ । आज सम्पन्न भएको उक्त बिशेष निर्वाचनमा आफ्ना पक्षका अनुदारवादी उम्मेदवार ट्रोई बाल्डरसनको समर्थनमा मन माग्न राष्ट्रपति ट्रम्प आफै क्याम्पेनमा सामेल भएका थिए जहाँ सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले आफ्ना प्रतिद्वन्दी क्लिन्टनलाई १९ पोईन्ट मतले पराजित गरेका थिए भने यो क्षेत्रमा बिगत २० बर्षदेखि निरन्तररुपमा रिपब्लिकन पार्टीका उम्मेदवार निर्वाचित भएका छन । तर अहिले राष्ट्रपति ट्रम्पको रंगभेदी अनुदार शासनकै कारणले त्यहाँका मतदाताहरुको अभिमतमा भारी परिवर्तन आएको छ त्यसकै ताजा प्रमाण हो आज भएको निर्वाचनमा युवा डेमोक्रेट डानी ओकोनरको प्रतिष्पर्धात्मक उपस्थिति । विश्वसनीय अमेरिकी समाचार माध्यम तथा ब्लगहरुले सम्प्रेषण गरेको पछिलो रिपोर्टका अनुसार यी दुवै उम्मेदवारले बराबरी मत हाँसिल गरेका छन भने अहिलेसम्ममा ८५ प्रतिशत मत गणना समाप्त भएको छ ।

MANSFIELD, OH - AUGUST 05: Ohio Democratic congressional candidate Danny O'Connor greets worshipers during a campaign stop at Oasis Church on August 5, 2018 in Mansfield, Ohio. O'Connor is in a dead heat race against Republican challenger Troy Balderson for Ohio's 12th Congressional District. Yesterday President Donald Trump attended a rally to show support for Balderson.  (Photo by Scott Olson/Getty Images)
MANSFIELD, OH – AUGUST 05: Ohio Democratic congressional candidate Danny O’Connor greets worshipers during a campaign stop at Oasis Church on August 5, 2018 in Mansfield, Ohio. O’Connor is in a dead heat race against Republican challenger Troy Balderson for Ohio’s 12th Congressional District. Yesterday President Donald Trump attended a rally to show support for Balderson. (Photo by Scott Olson/Getty Images)

ब्लुमबर्ग न्युजका स्थानीय प्रतिनिधिका अनुसार आजको बिशेष निर्वाचनमा डेमोक्रेटिक पार्टीका डानी ओकोनरले जीत हँसिल गर्ने सम्भावना बढी छ किन कि अबको बाँकी गन्न बाँकी १५ प्रतिशत मत डेमोक्रेट्सहरुको बाहुल्य रहेको सहरी क्षेत्रको छ । स्वेत-सर्बोच्चताबादको अतिबादी विचारलाई आफ्ना बाहुल्य भएका अनुदार स्वेत बस्तीहरुमा बिस्तार गर्दै जीत हाँसिल गर्न सक्षम भएका राष्ट्रपति ट्रम्प कार्यदिशा र नीतिकै कारणले ओरालो लाग्ने चरणमा छन त्यसको प्रतिछायाँ भनेका पछिल्ला अभिमत र परिणामहरु हुन । ओहाईयो राज्यको डिस्ट्रिक १२ मा ट्रम्पले रोजेका रिपब्लिकन ट्रोई बाल्डरसन हार्नु भनेको राष्ट्रपतिको भबिष्य समेत जोखिममा पर्नु हो । अहिले स्पष्टरुपमा देखिएको “ब्लु वेभ” ले अबको मध्यावधि निर्वाचनमा अनुदारबादी रिपब्लिकनहरुलाई छानीछानी बढार्ने पक्का छ ।