८ बैशाख २०८१, शनिबार ८:२९ | 04/20/2024 10:44 AM



राष्ट्रपति ट्रम्पलाई अर्को झट्का, आप्रवासनमा सुखद संकेत – शैलेश श्रेष्ठ, न्युजर्सी, अमेरिका

२२ कार्तिक २०७५, बिहीबार १५:४७ मा प्रकाशित

भर्खर सम्पन्न भएको मध्यावधि निर्वाचनमा तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभमा आफ्नो पार्टीको बहुमत गुमाएर राजनैतिक रुपमा ओरालो लागेको राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नाईन्थ युएस सर्क्युट कोर्ट अफ अपीलको आजको निर्णयले अर्को झट्का दिएको छ ।
नाईन्थ युएस सर्क्युट कोर्ट अफ अपीलले तल्लो अदालतको निर्णयलाई सदर गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले रध्द गर्न आदेश जारी गरेको डाका (डीफर्ड एक्सन फर चाईल्डहूड अराईभ्ल्स) कार्यक्रमलाई निरन्तरता दिन आज आदेश जारी गरेको छ ।

Shailesh Good One

सन २०१२ मा राष्ट्रपति ओबामाले आफुमा अन्तर्निहित कार्यकारी आदेश जारी गर्दै सानो उमेरमै अमेरिका ल्याईएका ८००,००० कागजपत्रबिहिन नाबालकहरुलाई हरेक दुई बर्षमा नवीकरण गर्ने गरि अस्थायी कानुनी मान्यता दिएका थिए । जसका कारण उनीहरु बिना त्रास अमेरिकामा बसिरहेका थिए तर आप्रवासीहरु र आप्रवासन नीति प्रति आक्रामक अनि क्रुर देखिएका राष्ट्रपति ट्रम्पले उक्त सुबिधाको अन्त्य गरेको घोषणा गर्दै कांग्रेसलाई स्थायी समाधान खोज्न आह्वान गरे तर तल्लो सदनले प्रस्ताबका रुपमा ल्याएका हरेक प्रस्तावित बिधेयकलाई उनले अस्विकार गरिदिए ।

त्यसपछि राष्ट्रपति ट्रम्पको आदेशको बैधानिकता माथि प्रश्न उठाउँदै यो बिषय अदालतमा पुगेको थियो र अघिल्लै बर्ष डिस्ट्रिक फेडेरल कोर्टले उनको उक्त आदेश असंबैधानिक भएको ठहर गर्दै डाका कार्यक्रमको निरन्तरताको पक्षमा फैसला गर्यो । त्यसपछि ट्रम्प प्रशासनले सुनुवाईको लागि नाईन्थ युएस सर्क्युट कोर्ट अफ अपीलमा अपील गरेको थियो आज आएर उक्त अदालतले पनि राष्ट्रपतिको आदेशलाई असंबैधानिक भन्दै डाका कार्यक्रमको निरन्तरताको आदेश जारी गरेको छ । अब ट्रम्प प्रशासनसंग सुप्रिम कोर्टमा जाने अन्तिम बाटो मात्र बाँकी छ ।
Thumbnail for 220371

अब यो कार्यक्रम अन्तरगत सुबिधा पाईआएका ८००, ००० नाबालकहरुले दुई बर्षको लागि बैधानिकता हाँसिल गर्नेछन । राष्ट्रपतिले आफ्नो कठोर चाहना र नीति अनुसार यस्ता कार्यक्रमहरुको विपक्षमा आदेश जारी गरेपनि अमेरिकाको आप्रवासी मैत्री न्यायालयहरुले निरन्तर न्याय दिईरहेका छन । यो भन्दा अघि यही बर्षको अक्टोबर चार तारिखका दिन क्यालिफोर्निया राज्यका फेडेरल कोर्टका न्यायाधिशले टीपीएस सुबिधा पाईआएका एल साल्भाडोर, हाईटी, सुडान र निकारागुवाको पक्षका आदेश जारी गर्दै उनीहरुले पाईआएको सुबिधाको निरन्तरता दिन पनि न्यायिक निर्णय गरेका थिए । उक्त आदेशमा उजुरीकर्ताका रुपमा टीपीएस सुबिधा प्राप्त नेपाल र हन्डूरसका नागरिक संलग्न नभएकोले यी दुई देशहरु छुटेका थिए तर ढिलै भए पनि अब नेपाल र हन्डूरसका टीपीएस सुबिधा प्राप्त नागरिक संलग्न अर्को ल-सुट दर्ता गर्न सकियो भने न्याय हाम्रो पक्षमा आउने अधिक सम्भावना छ ।

मैले अनौपचारिकरुपमा जानकारी पाए अनुसार यही बिषयमा अहोरात्र काम गरेको संस्था अधिकारले त्यसको तयारी गरिरहेको छ । सम्प्रेषण ईन्क मार्फत मैले पनि अधिकार र एनआरएन अमेरिकासंग जोडिएर काम गरिरहेको हैसियतमा मैले पनि सम्प्रेषणको सामुदायिक बहसहरु भएको ठाउँमा पुग्दा त्यहाँका समुदाय र व्यक्तिहरुसंग संजाल निर्माण गर्न समन्यव र समायोजन गरिरहेकै छु । टेक्सासमा सम्पन्न भएको सामुदायिक बहसको क्रममा मैले कार्यक्रम संचालनकै क्रममा टेक्सासका संस्था र व्यक्तिहरुलाई आह्वान गरेको थिएँ र पछि केही संघ-संस्थाका नेतृत्वसंग घनिभूत बिषयगत छलफल पनि गरेको छु । पहिलो पटक सन २०१५ मा नेपालले यो टीपीएस सुबिधा पाउँदा जम्मा १४,७९१ जना नेपालीहरुले यो कार्यक्रममा समाहित भएका थिए ।

मृत आत्माको चीर शान्तिको कामना गर्दै न्युयोर्कको टाईम्स स्क्वायरमा नेपाली जन समुदायहरु
मृत आत्माको चीर शान्तिको कामना गर्दै न्युयोर्कको टाईम्स स्क्वायरमा नेपाली जन समुदायहरु

अमेरिकी अध्यागमन बिषयमा आफ्नो बिज्ञता हाँसिल गरेका खसोखास पत्रिकाका प्रधान सम्पादक किशोर पन्थीका अनुसार अझै करिब नौ हजार नेपालीहरु यही सुबिधामा आश्रित भएर अमेरिका बसिरहेका छन । झिना मसिना आफ्ना निजि लाभ अनि लालचका बिषय अनि मुद्दाहरुबाट निस्किएर हाम्रा हजारौं मान्छेहरुलाई सामाजिक न्याय दिने मुद्दामा मनबाट काम गर्ने हो भने अब पुनः एक पटक हामी जुट्नै पर्छ । मैले बारम्बार सभा समारोहहरुमा बोल्ने गरेको थिएँ कि अमेरिकी तल्लो सदन कांग्रेसमा प्रतिपक्षी डेमोक्रेटिक पार्टीको बहुमत आउना साथ आप्रवासनको पक्षमा काम गर्न हामीलाई निक्कै सजिलो हुन्छ त्यो मेरो राजनैतिक अन्दाज एकहदसम्म पुरा भएको छ ।

मंगलबार सम्पन्न भएको मध्यावधि निर्वाचनमा अमेरिकी तल्लो सदनमा डेमोक्रेटिक पार्टीले आफ्नो गणपुरक बहुमत पुर्याउन सक्षम भएको मात्र छैन भारी संख्यामा उदार, प्रगतिशील महिला तथा अल्पमत र सिमान्कृत समुदायका व्यक्ति र व्यक्तित्वहरुले विजय हाँसिल गरेका छन । सामाजिक, न्यायिक अनि राजनैतिकरुपमा अहिले फलाम तातेको छ त्यसैले आकार दिन हामीले कत्ति पनि ढिला गर्न हुन्न भन्ने मेरो निजि जिकिर छ ।

आफु मात्र र आफ्ना लागि मात्र त जनावर, चराचुरुंगी, किरा-फट्यांग्राले पनि आफ्नो औकात अनि स्तरमा बाँचेकै छन हामी त्यो भन्दा माथी “सामाजिक प्राणी” भएका हैसियत अनि यथार्थमा सकेसम्म अरुहरुका निम्ती पनि बाँचौं र परोपकारी समाजको सिर्जनामा संगसंगै कमसेकम एक कदम अघि बढौं!