/ आत्म समिक्षा / आहा! मैले बाँचेको जीवन – शैलेश श्रेष्ठ न्युजर्सी, अमेरिका

आहा! मैले बाँचेको जीवन – शैलेश श्रेष्ठ न्युजर्सी, अमेरिका

Shailesh Shrestha on February 24, 2019 - 7:00 pm in आत्म समिक्षा

मेरा स्नेही मित्रहरु डिल्ली गौतम र कलाकार हेमन्त बुढाथोकीसंग क्याफेमा गफिएर बाहिरिदै गर्दा राजेन्द्र दाईले भन्नु भयो “शैलेश भाई रेखा भाउजु र बेद दाईको घर यहि पछाडी त हो नि!” अर्को दिन अमेरिका फर्कनु थियो त्यसैले अघिल्ला दुई दिनहरु पारिवारिक मर्यादाक्रम अनुसार भेट्ने क्रम सकिएको थियो । काठमाडौँको हाम्रो बसाई केही दिनको “ट्रान्जिट” जस्तो मात्र भएको थियो । तथापि मेरा थुप्रै श्रध्यय मान्यजनहरु कहाँ जान सकिएको थिएन ।
Me and My School

राजेन्द्र दाईको आसय बुझेर मैले “जाउँ न त दाई” भने अनि भित्र गएर बस्ने समय नभएकोले पछाडी पट्टिबाटै पुरानै पारामा “ए बेद दाई” भन्दै कराएँ दाई भाउजु फुत्त निस्किनु भयो । दाई भाउजुले भित्र आउन भन्नु भयो तर मसंग समय थिएन भोली फर्कने तयारी गर्नै थियो उहाँहरुले मेरो परिस्थिति बुझिदिनु भयो । केही दिन अघि रोशनजीले दावाँली मिलन क्लबको संयोजनमा सप्पैसंग भेटघाट मिलाई दिएका थिए त्यही मैले मेरा दाई-भाई, भाउजु-बुहारी, सहपाठी र मान्यजनहरुसंग सगोलमा भेटघाट गरें ।

उहाँहरुले जत्ति महानता र उदारता देखाउनु भएपनि त्यो पहिलो गुंडमा जान नपाएको र नसकेकोमा मेरो मनमा अमेरिका फर्किएको कैयन महिनाहरुसम्म पनि ग्लानी भईरह्यो । मेरो काठमाडौँ सपनाको अवतरण तात्कालिन भीमसेनगोला स्थित बानेश्वरको ठुलो बुबाकै घरमा भएको थियो जहाँ दूरदराजका गाउँबाट सपना बोकेर आएका हामी दर्जनौं दाजु-भाईहरु तिनै भाउजुहरु र दिदीहरुको आत्मीय स्याहार सुसारमा हुर्किएका थियौं । पखेटा लागेपछि हामी हुरुरुरु भुरुरुरु उड्यौं कोही जापान अनि कोही अमेरिका!
prasad small ad
म आफुलाई हरेक अर्थ र परिभाषाहरुमा निक्कै भाग्यशाली ठान्दछु किनकी मैले यस्ता उदार परिवारजन, आफन्त अनि सँधै मेरा बहानाहरुलाई मनबाटै क्षेमा दिने साथी-संगी अनि ईष्टमित्रहरु पाएको छु । महिनौ दिन कुरा हुन नसक्दा कहिल्यै दुखेसो नगर्ने बरु मेरा सामाजिक कर्महरुमा सँधै गर्ब गर्ने मेरा बुबा, छोराको व्यस्ततामा आफ्ना रहर र आकांक्षाहरु मनमै थन्क्याएर रमाउन जान्ने मेरी मुमा, पारिवारिक घेरा भन्दा सामाजिक अभियान र संचारमा रमाएका आफ्नो श्रीमानको खुसीमा आफ्ना रहर र चाहनाहरुको तिलान्जली दिने मेरी श्रीमति, दाई साह्रै ब्यस्त हुनुहुन्छ भनेर मनको चाहनाहरु बोलीहरुमा नबोल्ने मेरा भाई-बहिनीहरु र बाबाको हरेक अभियानहरुमा साथ र समर्थन गर्ने मेरी छोरीकै कारण म यसरी उदात्त अनि उन्मुक्त सामाजिक जागरणका अभियानहरुमा निरन्तर लाग्न सकेको छु ।

यो समाज भोगेको छु थुप्रैका पारिवारिक सम्बन्ध अनि आयामहरु पनि देखेको अनि सुनेको छु मैले पाएको जत्तिको पारिवारिक अनि साथी-संगीहरुको साथ अनि समर्थन सायद कमैले पाएका होलान । जीवन अनि जिजीबिषाका भोगाईका शृंखलाहरुको उतार चढाबको मापन गर्दा मलाई यस्तो लाग्छ हरेक मान्छेको उदारता अनि क्षेमाशिलताले नै सामाजिक अग्रगमनको अभियानलाई सहजता प्रदान गर्ने गर्दछ |
यो जीवनलाई समय र यथार्थताको कसीमा जाँच्दा मैले बाँचेको जीवन त आफैलाई नै पो “आहा” लाग्दछ ।

Comments

comments

Comments are closed.