१५ चैत्र २०८०, बिहीबार १२:५८ | 03/28/2024 3:13 PM



अन्तत: पासा पल्टियो, मालिन्दा कार्त्जलाई बिजयी घोषित गरियो – शैलेश श्रेष्ठ न्युजर्सी, अमेरिका

१४ श्रावण २०७६, मंगलवार ०१:१३ मा प्रकाशित

गत जुन २५ तारिखमा सम्पन्न भएको कुईन्स डिस्ट्रिक अटोर्नीको डेमोक्रेटिक प्राईमरी ईलेक्सनमा टिफिनी कबान आफ्नी प्रतिद्वन्दी मलिन्दा कार्त्ज भन्दा १०९० मत बढी ल्याएर बिजयी भएको घोषित गरिएको थियो । उसै बेला उक्त निर्णय प्रति असहमति नजाउँदै पराजित भनिएकी कार्त्जले एब्सेन्टी ब्यालेट र एफिडेभिट ब्यालेट सहितको मतगणना गर्न माग गरेकी थिईन । उम्मेदवारहरु बिच ०. ०५ प्रतिशत पोईन्ट भन्दा कम प्रतिशतको मतान्तर हुनासाथ आपसेआप पुनः मतगणना हुने न्युयोर्क सहरको बोर्ड अफ ईलेक्सनको नियम छ त्यसैले त्यही निर्देशिका अनुसारनै यतिका लामो समयाबधिसम्म त्यही लम्बेतान मतगणनामा समय लागेको थियो ।

Shailesh Black & While by Bimal Nepal
तस्विर: बिमल नेपाल, बिमल स्टुडियो, बोस्टन
तर अन्तत: पासा पल्टियो हारेको भनिएकी मलिन्दा कार्त्ज अहिले पछिल्लो मतगणनामा ६० मतले अघि देखिईन र आज न्यूयोक सहरको बोर्ड अफ ईलेक्सनले कार्त्जको जीतलाई आधिकारिक प्रमाणीकरण गरिदियो तथापि मत गणनाको खेल सकिए पनि न्यायिक खेल अझै बाकी नै छ । एब्सेन्टी ब्यालेट अन्तरगतको १०० भोट बिना कारण बोर्ड अफ ईलेक्सनले रध्द गरेको जाहेरी दावी सहित आफ्ना कानुनविद मार्फत टिफिनी कबानले न्यायालयमा मुद्दा दायर गरेकीछन ।

मालिन्दा कार्त्जले अजै साँझ विजय उत्सब त गरिन तर न्यायिक निरुपण हुन अझै केही महिना लाग्न पनि सक्दछ । निक्कै कठिन अनि जटिल छ अमेरिकी निर्वाचन पद्दती र प्रणाली! यता दसकौं बसेर पनि खाली नेपालकै राजनीति र भात्री संगठनमार्का राजनीतिमा रमाउने प्रवासी नेपालीहरुको ठुलो जत्था यसपालीको यो निर्वाचनमा सामेल र अझ क्रियाशील सहभागी भएको देखेर म निक्कै खुसी भएको छु । यति हुँदाहुँदै पनि उम्मेदवारहरुको बैचारिक धरातल र तिनले अङ्गीकार गरेको नीति बुझ्न तिर नलागेर चिनेजानेको नाता र सम्बन्धको आधारमा कसैको उक्साहटर लहैलहैमा यत्रो ठुलो जनशक्ति फेरी उताकै पाराको “झोले राजनीति” मा फस्ने हो कि भन्ने झिनो चिन्ता चाँही अझै मेरो अन्तरमनमा दबिएर बसेको छ ।
NY Board of Election
मलिन्दा कार्त्ज संस्थापन पक्षकि यथास्थितिबादी उम्मेदवार हुन भने टिफिनी कबान नयाँ पुस्ताकि प्रगतिशील उम्मेदवार हुन । अधिकांश संस्थापन मानिने ठुला डेमोक्रेट्सहरुले कार्त्जलाई ईन्डोर्स गरेका थिए भने कबानलाई ब्याकअप गर्ने एउटै ताकत र शक्ति भनेको अहिलेकि उदयीमान प्रगतिशील नेतृ आलेकसान्द्रिया ओकासियो-कोर्टेज (एओसी) मात्र हुन । दुवै जना डेमोक्रेट्स भएपनि युगसापेक्ष उदारबाद र प्रगतिशीलताको पक्षपोषण गर्ने तन्नेरी टिफिनी कबान मेरो निजि रुचीकि उम्मेदवार पक्कै हुन |

म तुलनात्मकरुपमा कबानकै पक्षपोषण गर्दछु तर त्यसको अर्थ मलिन्दा कार्त्जले चाँही हाम्रो प्रतिनिधित्व नै गर्न सक्दिनन भन्ने चाँही होइन अब उनलाई ब्याकअप गर्ने अग्रज सहाजकर्ताहरुले हाम्रो आम आवश्यकता र माग उनी समक्ष पुर्याउने सक्नु पर्दछ अनि कबानका एजेन्डा र संकल्पहरु मेरो पनि हो भनेर मलिन्दा कार्त्जले भन्न सक्नु पर्दछ तब मात्र जीवन, जनजिविका, दैनिकी अनि दैनन्दिनीहरुको प्रगतिशील राजनीति हुन्छ । बरु ईमानको खोले खाउँ तर नेपालकै पाराको झोले राजनीति चाँही प्रवासमा नगरौँ!