/ विचार-विश्लेषण / उखान टुक्कामा एनआरएन अमेरिका: पहिलेदेखि अहिलेसम्म

उखान टुक्कामा एनआरएन अमेरिका: पहिलेदेखि अहिलेसम्म

Shailesh Shrestha on December 9, 2014 - 10:47 pm in विचार-विश्लेषण

10606045_868204129880257_7345423498580241580_n

अन्तरिक द्वन्द बढेपछि: भाई फुटे गवार लुटे

अपदस्त र स्वघोषणाको समय: न रहे बाँस न बजे बाँसुरी

सन २०११: वल्लो घरको नरे पल्लो घरमा सरे

सन २०१२: जसको लठ्ठी उसकै भैसी

पराजीतहरुको पिडा: छन गेडी सबै मेरी छैनन गेडी सबै टेडी

सन २०१३: गर्ने भन्ने कालु मकै खाने भालु (जस लिनेमा हानाथाप)

सन २०१४ निर्वाचन अघि: कहीं नभएको जात्रा हाँडी गाउँमा

सन २०१४ निर्वाचनको सेरोफेरो: बुढी मरि भन्दानि काल पल्कियो भन्ने डर ( दलगत राजनीतिको प्रभाब)

निर्वाचन पश्चातको पहिलो महिना: नखाँउ भने दिन भरिको शिकार खाँउ भने कान्छो बाउको अनुहार  अनि बाँदरको हातमा नरिवल

विजयको उन्माद पछिको चार महिना: काम कुरो एकातिर कुम्लो बोकी कहिले “जापान” तिर कहिले “काठमाडौँ” तिर

सन २०१४ नोभेम्बर: तिनलाई खाने बाघले उनलाई नि बाँकि राखेनन्

अहिले वर्तमान: केहीलाई निल्नु न ओकेल्नु अनि केहि अझै मोही माग्ने ढुङ्ग्रो लुकाउने

आम प्रवासी नेपालीहरुको एउटै चाहना र आवाज: बृहद र व्यापक सदस्यता वितरण!

                                                                          दलीय स्वार्थ र खेलको निराकरण!!

Comments

comments

Comments are closed.