१६ चैत्र २०८०, शुक्रबार ९:०८ | 03/29/2024 11:23 AM



चाकरी, चाप्लुसी र ताबेदारीमा निर्लिप्त रमाएको छ हाम्रो चौथो अंग अर्थात् संचारकर्म

२९ फाल्गुन २०७१, शुक्रबार १५:१० मा प्रकाशित

Shailesh Shrestha

टेलिभिजन कार्यक्रम सम्प्रेषणको सम्पादन गरिरहँदा श्याम भाई प्वाक्क प्वाक्क आफ्नो मनको कुरो खरो शब्दमा ओकल्छन: “होइन दाई खत्तम त हामीनै होl” उनको आसय बुझ्न मलाई कति पनि कठिन पर्दैनl म सिर्फ सम्मतिको निरिह मुन्टो हल्लाउछुl ” …हो हामी नै खत्तम छौं भाई” मात्र भन्नु या भनिरहनु किमार्थ समाधान होइन समाधान त रोगको पहिचान र निदानको साहसी उपाय या मार्ग होl के त्यस्तो मार्गचित्र र सामुहिक साहस हामीसंग छ त?

लेखक: शैलेश श्रेष्ठ तस्विर: सेकु ल्युक

मेरो मन मस्तिष्कमा अहिले नेपाल अमेरिका पत्रकार संघको निर्वाचन हुँदा भएको बाहिरी राजनैतिक चलखेल र त्यो संगठनमा संचारकर्मको मापदण्ड बिपरित रातारात सदस्य बनेर उक्त संगठनलाई तहस नहस पार्ने छद्मभेषी, औतारी र चटकेहरुको मुहार र भागभंगीमा आईरहेको छl त्यस्तै नेपाली जन सम्पर्क समिति डल्लासको कुम्भ मेलामा संचारकर्मीको आवरणमा नेपाली कांग्रेसको घोषित भगिनी संस्थाको निर्वाचनमा उम्मेदवार बन्ने, जि त्ने, हार्ने र प्रारम्भदेखि अहिलेसम्म फुट र गुटको खेल खेल्ने संचारकर्मीहरुलाई पनि सम्झिरहेको छुl

नेपाल भन्ने अजबको देशमा हाम्रो चौथो अंग पार्टीको “ट्याग” भिरेर या मोर्चा बनाएर माऊ पार्टीको भगिनी संगठनको हैसियतमा चुनाब लड्छ, जित्छ या हार्छl अनि उ र उसले संचालन गरेको पत्रिका पार्टीको मुखपत्र बन्दछ, महिनावारी प्राप्त हुन्छ अनि आरक्षणमा विदेश भ्रमणको सुयोग र अवसर प्राप्त हुन्छl अनि यिनीहरुबाट संचालित संचार संस्थाले कसरी भ्रष्टाचार र दण्डहिनताको बिरुध्द या तिनै भ्रष्ट नेता र नेतृत्वको बिरुध्द आफ्ना अभिमत र विचार सम्प्रेषण गर्न सक्छl अब माऊ पार्टी र तिनका ठुला नेताहरुको कृपा र निगाहमा आसिन पदाधिकारीले नुनको सोझों बाहेक के नै गर्न सक्छ?

प्रेस चौतारीको पहिलो कतार प्रवास शाखाको उद्घाटन गर्दै नेकपा (एमाले) का महासचिब ईश्वर पोख्रेल

अहिले हामीले दावी गर्ने गरेको चौथो अंगलाई बाँकि तिन अंग कार्यपालिका, न्यायपालिका र व्यबस्थापिकाले निर्देशित र नियन्त्रित गर्ने उपक्रम शुरु भएको छl त्यसमा जानी नजानी हाम्रा संचारकर्मी मित्रहरु सामेल भएका छनl फेडेरेशनको स्वरुप ग्रहण गरिसकेको नेपाल पत्रकार महासंघले आफ्नो निर्धारित मापदण्ड अनुसार विदेशमा रहेका पत्रकारहरुको संगठनलाई अनुबन्धन गर्नु या शाखाको मान्यता दिनु जायज हुन सक्छ तर अहिले प्रवासी नेपालीहरुको आवादी बाक्लो भएका देशहरुमा दल बिशेषको ताबेदारी गरेर भात्री संगठनको मान्यता पाएका पत्रकारहरुको संगठनले गिद्धे दृष्टि लगाउन थालेका छनl

अब ति देशका पत्रकार संगठनहरु कांग्रेसको, एमालेको माओबादीको या जनजातीको हुने डरलाग्दो दृश्यको मन्चन प्रारम्भ भएको छl यसले संचार र संचारकर्मीको स्वतन्त्रता, निष्पक्षता र स्वाधिनतालाई कमजोर पार्दै प्रवासमा पनि पीतपत्रकारितालाई प्रोत्साहन गर्दै राजनैतिक मालिकहरुले थप अविवेकी र पराधीन गुलामहरु जन्माउने छनl यो खेललाई समयमै दुरुत्साहित गर्दै बन्द गर्न सकिएन भने पहिलो पुस्ताले दु;खले सिर्जना गरेको यो युटोपियामा अर्को चरणको बिभाजन आउने छ र त्यसको मलजल निकम्बा भिजिलान्ते संचारले गर्नेछl

राजनैतिक संगठनहरुले आफ्नो निहित दलगत स्वार्थकोलागि भात्री संगठन संचालन गरेर बिजारोपण गरेको प्रवासी नेपाली समाजमा अहिले संचारका ठेकेदारहरु “पशुपतिको जात्रा सिद्राको व्यापार” मा निस्किएका छनl यी र यस्ता प्रबृत्तिहरुलाई रोक्ने यो नै उचित समय होl पशुपतिको जात्रामा निस्किएकाहरुले अब सिद्राको व्यापार गर्ने पुरानो सॊञ्च त्यागे हुन्छl हाम्रो देश त्यसरी चलेन अनि बनेन अब त्यो दिवास्वप्न प्रवासमा किमार्थ पुरा हुँदैनl थप पेशागत बिभाजन कमसेकम हामी संचारकर्मीलाई चाँही मन्जुर छैनl