१४ बैशाख २०८१, शुक्रबार ९:५३ | 04/26/2024 12:08 PM



अन्तत: न्याय पाए जर्ज फ्लोईडले

११ असार २०७८, शुक्रबार १९:०४ मा प्रकाशित

अमेरिकी ईतिहासमै पहिलो पटक एकजना स्वेत प्रहरी डेरेक सोभेनले न्यायालयबाट २२ बर्ष ५ महिना लामो जेल सजाय पाएका छन। हेनेपीन काउन्टी, मिनीस्वेटाका जज पिटर काहिलले आज उक्त फैसला सुनाएका हुन। सन् २०२० को २५ तारिखका दिन मिनियापोलिसमा एकजना स्टोरको क्लर्कले उनले बीस डलरको नक्कली नोट प्रयोग गरेको भन्ने शंका गरेपछि प्रहरीहरु आएर फ्लोईडलाई अन्धधुन्ध गिरफ्तार गरेका थिए र उक्त घटनामा अहिले सजाय पाएका स्वेत पुलिस अफिसर सोभेनले निहत्था अस्वेत जर्ज फ्लाईडलाई ९ मिनेट २९ सेकेन्ड आफ्नो घुंडाले घाँटी थिचेर मारेका थिए। त्यसको बिरुध्दमा अमेरिकाभरि “ब्लाक लाईभ्स म्याटर” को न्यायिक आन्दोलन चर्किएको थियो। त्यसको प्रभाव अनि असर राष्ट्रपतीय निर्वाचनसम्म नै परेको थियो। त्यो न्यायिक आन्दोलन देशब्यापी भएपछि घटना भएको चार दिनपछि मात्र पुलिस अफिसर सोभेन गिरफ्तार भएका थिए।

अभियुक्त डेरेक सोभेन फैसला सुनाईनु अघि अदालतमा

सुरुका दिनहरुमा थर्ड डिग्री मर्डर र म्यान स्लाटरको मात्र अभियोग लगाईएको थियो तर जनमत र आन्दोलनको दवाब थाम्न नसकेपछि मिनियापोलिसका अटर्नी जेनेरलले पछि फर्स्ट डिग्री र सेकेन्ड डिग्री मर्डरको अभियोग सहित अदालतमा मुद्धा दाएर गरेका थिए।
यस्तै प्रकृतिका कैयन घटनाहरु अमेरिकामा हुने गरेका छन तर प्रहरीले यो स्तरको सजाय पाएको यो नै पहिलो घटना हो। सन् २०१४ मा न्युयोर्कको स्टाटन आईल्याण्डमा पनि यस्तै प्रकृतिको घटना भएको थियो जहाँ आफ्नो जीवनयापनको लागि चुरोट बेच्दै हिडेका अर्का अस्वेत एरिक गार्नरलाई स्ट्याटन आईल्याण्डमा न्युयोर्ककै पुलिसले घाँटी थिचेर मार्यो | अन्तिम स्वास लिईरहंदा “आई कान्ट ब्रिद” भनेर पुलिस समक्ष उनले बाँच्ने अन्तिम लालशाका साथ अनुनय बिनय गरिरह्यो अहँ कुनै सुनुवाई भएन | उनको ईहलिला समाप्त भयो | त्यसरी दिनदहाडै मान्छे मार्ने पुलिसलाई मुस्किलले बर्खास्त त गरियो तर कुनै थप सजायका लागि मुद्दा दायर गरिएन | पछि डेमोक्रेटिक पार्टीको राष्ट्रपतिय बहसको क्रममा राष्ट्रपतिका उम्मेदवार तथा मेयर बिल दि ब्लाजियोलाई अन्य प्रत्यासीहरुले यही बिषयका औंला ठड्याउँदै प्रश्नहरुले घेराबन्दी गरेपछि उक्त घटनाको पुनः छानविन गरेर प्रहरीलाई कारवाही गर्न मेयर बाध्य भएको थियो।

अमेरिकी रंगभेदी संस्थापनका बिरुद्ध “ब्लाक लाईभ्स म्याटर” आन्दोलनको परिबेगकै कारण यो स्तरको न्याय सम्भव भएको हो। अमेरिकी रंगभेदी नीतिका बिरुध्दमा हुने गरेका यस्ता अभियानहरुमा अमेरिकी युवा पुस्ताका उदार र प्रगतिशील स्वेत अमेरिकीहरु रंग र वर्णको आधारमा होइन न्यायको पक्षमा आवाज उठाउँछन। यो घटनाको प्रकृति हेरेर प्रतिवादीहरुले पुलिस अफिसर सोभेनलाई तीस बर्षको जेल सजायको माग गरेका थिए। फैसला पश्चात ब्लाक लाईभ्स म्याटरका अभियन्ता र स्वतन्त्र कानुनविदहरुले सजाय कम भएको प्रतिक्रिया दिएका छन तर अमेरिकी ईतिहासलाई सुक्ष्म विश्लेषण गर्ने हो भने सम्भवत: यो नै अमेरिकी ईतिहासको पहिलो घटना हो जहाँ एकजना “प्रिभीलेज्ड” स्वेत पुलिस अफिसरलाई यति लामो अबधिको जेल सजाय दिईएको छ।