३० आश्विन २०८१, बुधबार १:४६ | 10/16/2024 4:01 AM
sampreshanusahttp://www.sampreshanusa.com/#!home/cxqm
]]>
Shailesh Shrestha, New Jersey, USAhttp://www.sampreshanusa.com/#!प्रवास-र-उद्यमशीलता/cjds/568556ac0cf236d40393cda6http://www.sampreshanusa.com/#!प्रवास-र-उद्यमशीलता/cjds/568556ac0cf236d40393cda6Thu, 31 Dec 2015 17:07:45 +0000
हामी नेपालीहरु अक्सर आडम्बरमा बाच्छौँ | भन्ने एउटा कुरा अनि गर्ने अर्को कुरा हाम्रो पुरातानिक पहिचान हो अनि दोहोरो मापदण्डमा आफु अनुकुल बाच्नु हाम्रो नेपाली तरिका हो | रेस्टुरेन्टमा काम गर्छु, गाडी चालाउँछु, बेबी सिटिङ्ग गर्छु,शारीरिक तथा मानसिकरुपले अशक्तहरुको सेवा गर्ने काम गर्छु, नेल शैलूनमा काम गर्छु भनेर स-गर्ब ठुलो स्वरले भन्ने मान्छे भेटिंदैन अथवा बिरलै भेटिन्छन |
बरु आईटीमा काम गर्छु, वाल स्ट्रिटमा कारोबार गर्छु अनि म्यानह्याटनमा आफ्नै एउटा ब्यबसाय सुरु गरेको छु भन्ने अमुक हावादारी गफ डबलीमा चुटेर आत्मरतीमा रमाउँछौं तर त्यो र त्यस्तै सपनाहरु साकार पार्ने कर्ममा हामी निष्ठापुर्वक लाग्दैनौं | अरुले जहाज चढेको सुन्न साथ हाम्रा मान्छेलाई धुरी चढ्न हतार हुन्छ |किनकी हाम्रो अर्ध-सामन्ती पुरातानिक समाजले काम गर्नेलाई सानो अनि काम ठग्नेलाई ठुलो भनेर परिभाषित गर्यो | त्यसैको सिको गर्दै आफु र आफ्ना सन्तान अनि वरपरकालाई पाल्ने र धान्ने उपरोक्त कामलाई हामी “डर्टी जब” भनेर परिभाषित गरिदिन्छौं अनि भाषणमा चाँही श्रमको सम्मान गरौँ भनेर थाक्दैनौं |
तर त्यस्तो आडम्बरी भींडमा अहिले पछिल्लो चरणमा अमेरिकी प्रवासी समाजमा केहि उर्जाशिल, ईमान्दार, कर्मबीर, पेशाकर्मी उद्यमीहरु देखिन थालेका छन् जो आफ्नो श्रममा गर्ब गर्छन र आफ्नो शिपमा गर्विलो जीवन बाच्छन | उनीहरु जीवन मात्र जिउँदैनन बरु समाजमा प्रेरक उद्यमीकारुपमा चिनिन्छन | अनि आफुले गरेको कर्मलाई उपल्लो स्तर र दर्जाका साथ सम्मान समेत गर्छन |
तिनै र त्यस्तै कर्मबीरहरुको छोटो लाममा अग्र पंक्तीमा आउने एउटा नाम हो, पासाङ्ग स्ट्राईकिङ्गका पासाङ्ग शेर्पा फिनासा | सरल र नेपाली ठेट बोलीचालीको भाषामा भन्नु पर्दा एक जना नेपाली हजाम | ज्याक्सन हाईट्सकै केहि आडम्बरी जमात बेला कुबेला यिनको साहसिक कर्मको कटु आलोचना समेत गर्छन तर सामाजिक तथा राजनैतिकरुपले सुशिक्षित र सचेत पासाङ्ग आफुले टेकेको अडिलो धरातलबाट डेग हल्लदैनन |
म आफु आफ्ना नेपाली जातीले प्रारम्भ गरेको बन्द ब्यबसायलाई सघाउनु पर्छ भन्ने मान्यता र बढी आदर्श छाट्ने भए पनि पासाङ्गको सैलुनमा सेवा र उनको ब्यबसायिक पारख लिन जान सकेको थिईन | बर्सौं पछि यो हप्ता उसको जादुगरी छरितो कपाल कटाईको फाईदा लिने निजि अहोभाग्य जुर्यो | उमेर र सम्मान दुवैको योगफलले उसले मलाई “दाई” को आत्मीय सम्बोधन गर्छ त्यस दिन पनि त्यहि सम्बोधनमा उसले सोध्यो “दाईलाई कस्तो स्टायल मन पर्छ?” मेरो निश्चिन्त अनि बिश्वाशिलो प्रतिउत्तर थियो “पासाङ्ग स्टायल”!
न्युयोर्क स्थित ज्याक्सन हाईट्सको पासाङ्ग स्ट्राईकिंग स्टायलमा उद्यमी पासाङ्ग शेर्पा फिनासासंग
म लामो कपाल त्यतै छाडेर “पासाङ्ग स्टायल” मा चंगा भएर गृह राज्य न्युजर्जी फर्किए | एनजे ट्रान्जिटबाट घर फर्कंदा बाटो भरि तर्कना गरिरहें, यदि डबली गफ र बोक्रे आडम्बरी आदर्श बोलेझैं हामी चालीसौं हजारको संख्यामा रहेको प्रवासी नेपालीहरुले हाम्रा नेपाली उद्यमीहरु कहाँ गएर उनीहरुले स्थापना गरेको ब्यबसायमा किनी दिने, सेवा लिई दिने अनि खाई दिने मात्र गर्ने हो भने अबको हाम्रो प्रवासी नेपाली पुस्ता “जागिरे” बाट “उद्यमशील” हुने थियो तर हामी बायाँको “क्याफे चिया” पसललाई नदेखें झैं गरी अर्को ब्लकको डंकिन डोनटको गन्तब्य तय गर्छौं अनि हाम्रै एभरेष्ट ग्रोसरी र हिमालय ग्रोसरीहरुमा हाम्रा आँखा पर्दैनन बरु आँखा चिम्लिएर सब्जीमण्डी अथवा पटेल ब्रदर्समा ठोकिन्छौँ |
हामीलाई दु:खमा साथ दिने आफ्नै कानुनविदलाई गाली गर्दै अर्को बिरानो अमुक कानुनविदको पक्षपोषण गर्छौं | चार ब्लक परको ह्याप्पी किचेन रेस्टुरेन्टसम्म पुगेर शुशी परिकार चाख्ने अभिलाषा हुँदैन हामीलाई बरु पल्लो ब्लकको पिजा पसलमा पुगेर पेट भर्छौँ | गहुँगो ऋणभार बहन गरेर पढेका अनि आफ्ना बन्द ब्यबसाय सुरु गरेका तन्नेरी उद्यमीहरुलाई शुभकामनाका दुई शब्द व्यक्त गर्न हामीसंग समय हुँदैन बरु अरु कहीं कतैको मानिसको बखान गरेर थाक्दैनौं | डंकिन डोनटमा पन्द्र मिनेट भन्दा बढी ठाउं कब्जा गरेर बस्न पाईंदैन भन्ने चेतना हामीलाई हुन्छ तर हाम्राहरुकोमा गएर हातमा एक कप चिया बोकेर दिन भर पंधेरे गफ हाँकेर बस्न हामी अप्ठेरो मान्दैनौं |समग्रमा अझैं पनि हामी र हाम्रो पुस्तामा हाम्रा आफ्नै उद्यमी र ब्यबसायीहरुलाई प्रोत्साहन र प्रबर्धन गर्ने उदार मन र चेतना छैन |
]]>
]]>
Shailesh Shrestha, New Jersey, USAhttp://www.sampreshanusa.com/#!नाटकको-समिक्षा-लेख्ने-बेलै-भएको-छैन/cjds/5672d85f0cf24ae5e00c9305http://www.sampreshanusa.com/#!नाटकको-समिक्षा-लेख्ने-बेलै-भएको-छैन/cjds/5672d85f0cf24ae5e00c9305Thu, 17 Dec 2015 16:06:21 +0000
नाटक “जोडियोस भत्किएका मनहरु” को रिहर्सलदेखि प्रदर्शनसम्म सायद म जति खुशी यो दुनियामा कोहि थिएनन र भएनन| मेरो नाट्यकर्मको बिगत त सपनाले त्यस्तो अषिम अनुभूति मलाई दिएको हो | तर न्युयोर्क शहरको दु:खद यथार्थ म एक दिन पनि प्रदर्शित नाटकको रिहर्सल हेर्न जान जान सकिन जहाँ नाटकका पात्र नाट्यकर्मीहरु सिंगो दुई महिना रिहर्सलको लागि कहिले रिजउडको दुर्गा मन्दीर त कहिले ज्याक्सन हाईट्सको चौतारी रेस्टुरेन्टमा एक मुष्ट जम्मा भईरहे |
केहि न केहि बहाना गरेर फुट्ने अनि निंहू खोजेर अरुको कर्मलाई गाली गर्ने प्रचलन रहेको प्रवासी नेपाली समुदायले यो स्तुत्य अभियानलाई मुक्तकण्ठले प्रसंशा गरे अनि गरिरहे | नाटक न्युयोर्कमा पहिलो पटक प्रदर्शन भएकोले एउटा ईतिहास त रच्यो नै तर यो समुह र बिशेष गरेर मिडिया संयोजकको जिम्मेवारी पाएका यहि नाटकका पात्र तथा संचारकर्मी अनुज थापाको संयोजनको ढंग तथा कौशल पनि हाम्रा लागि सिक्न योग्य काम रह्यो | अधिकांश पात्रहरु न्युयोर्कका रैथाने अनि परिचित तथा स्थापित व्यक्ति व्यक्तित्व भएकोले पनि उनहरुले यो स्तरको आम अनुमोदन, सम्मान, प्रसंशा अनि आशा गरिए भन्दा बढी वाह वाह पाए |
नाटक भरिकै एउटा बेजोड दृश्यमा दिपिका श्रेष्ठ र नादिया लिवाङ्ग
यो एक्काईसौं शताब्दीको युगमा निर्माणको भन्दा पनि वितरण र प्रबर्धनको कौशल चाहिन्छ भन्ने तथ्यलाई पनि यो नाटकले साबित गराई दियो | नेपाली नाटकको ईतिहासमा धेरै नाटकहरुको योगफलले उचाई हाँसिल गरेको भन्दा पनि एउटै नाटक “मालती मंगले” को शिर्ष भूमिका मंगलेको नामले जमेका हरि बहादुर थापाको नाम र उपस्थितिले पनि धेरै काम गर्यो | दिनरात खट्दै अनि जुट्दै बृहत र व्यापक प्रचारमा लागेका संचारकर्मी उर्फ नाट्य कलाकार सहदेव पौडेल, ज्योति कुमार श्रेष्ठ, साहित्यिक नाम बिकाश बिष्ट अनि संचारकर्मी दिपिका श्रेष्ठहरुको सहभागिताको मर्म र अर्थ खोज्न कत्ति पनि कठिन छैन |
नाटकमा उनीहरुको अभिनय कस्तो रह्यो भन्दा पनि समाजमा पुरानो असल परिचय र चिनजान भएका अग्रज यादब गौतम, नदिया लिबाङ्ग, संगीता उप्रेती कृश थापाहरुको उपस्थितिले मात्र पनि नाट्य मन्चनलाई माथी उठाईदियो | तथाकथित अमेरिकी संस्कृति र सभ्यतामा रमाउने हाम्री छोरीहरुको छिमलका क्रिष्टल थापा र दिलाष्मा रजकहरुको सहभागिता मात्र पनि लाख हो | यी र यस्तै संजोग र योगफलले दशकसम्म एउटै नाटक मन्चन हुने न्युयोर्कको ब्रोडवेमा नेपाली नाटकले प्रारम्भिक झण्डा गाडेको छ |
न्युयोर्कमा पहिलो नाट्य मन्चन: एउटा उत्सब दृश्य र यथार्थमा तस्विर: अशोक पन्त
नाट्ययात्रा सिर्फ आरम्भ मात्र भएको छ, अब थप उत्सब र आत्मप्रसंशा भन्दा पनि अर्को आयामिक नाट्य फट्कोमा हामी जुटीहाल्नु पर्ने चुनौती अगाडी आएको छ | त्यस्तो खाले अनुभुती र सपना प्रदर्शित नाटक “जोडियोस भत्किएका मनहरु” का सह-निर्देशक तथा संचारकर्मी सहदेव पौडेलले आफ्नो आलेख मार्फत यसरी पोखेछन “अहिलेलाई हामी सबैको एउटा सपना साकार भएको छ र फेरी नयाँ सपना बुनेका छौँ- टाइम्स स्क्वायरको झिलिमिलीमा हाम्रो नाटकको पोस्टर होस्, नाटक हप्तौँ चलोस् र न्यु योर्क टाइम्सले रिभ्यु लेखोस् र भन्न पाइयोस्-म नाटकको लागि नै बाँचेको छु र नाटकले नै मलाई बचाई रहेको छ।”
यो हप्ता भरि धेरै संचारकर्मी तथा मेरो नाट्य नाट्य बिगत र संलग्नतालाई जान्नु हुनेहरुले यो नाटक माथि एउटा स्वस्थ समिक्षा गर्न आग्रह गर्नु भयो तर मैले उहाँहरुलाई मेरो शालीन तर्कले जितिरहें | मेरो तर्क थियो “अहिले अमेरिकामा हामीले खुट्टा टेकेका मात्र छौं, तंग्रिसकेका छैनौं | समिक्षा योग्य नाटक मन्चन त आगामी दिनहरुमा हुन्छन | “
तर यति भन्दा भन्दै पनि मनमा लागेको खसखस र उकुसमुकुस एक लाईनमा भनि हाल्छु | अग्रज नाटककार अशेष मल्लले पुरातानिक धारको मंचीय परिकल्पनामा लेख्नु भएको यो बियोगान्त नाटक अत्याधिक दृश्यहरु परम्परागत आंगिक अभिनयको उपल्लो शिकार भएका छन |
]]>
]]>
Shailesh Shrestha, New Jerseyhttp://www.sampreshanusa.com/#!नेपाली-नेताहरु-र-अख्तियारफोबिया/cjds/566a597d0cf2f7de56e3b05dhttp://www.sampreshanusa.com/#!नेपाली-नेताहरु-र-अख्तियारफोबिया/cjds/566a597d0cf2f7de56e3b05dFri, 11 Dec 2015 05:06:51 +0000
बुढापाकाहरु भन्ने गर्थे “नबिराउनु नडराउनु” तर आफ्ना पार्टीका केहि ठुला नेताहरुलाई अख्तियारले पत्र काटेर “निम्ता” गरेपछि अहिले एमालेका केहि पाका नेताहरुको समेत बर्बराहट शुरु भएको छ | अस्ति एमालेका बरिष्ट नेता माधब कुमार नेपालले तितो पोखेका थिए भने अर्का नेता राजेन्द्र पाण्डेले त भर्याङ्ग मुनि सर्प पालेकोले आफुहरुलाई डसेको समेत बताएका थिए भने अहिले अर्का विद्वान नेता प्रदीप ज्ञवालीले अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने तर्क सार्वजनिक गरेर आफुहरुमा रहेको “अख्तियारफोबिया” लाई बाहिर ल्याएका छन |
बरु कहिल्यै लाभको पदमा नबसेका उक्त पार्टीका पुर्व सांसद विजय पौडेलले आफूमाथि छानविन गर्न सहज होस् भन्ने अभिप्रायले एमालेको पोलिटब्युरो सदस्यबाट छानविन अबधीसम्मको लागि राजिनामा गरेका छन | उनले आफ्नो राजिनामा पत्रमा भनेका छन “राज्यको संवैधानिक निकायले बोलाएपछि त्यहाँ उपस्थित हुनुलाई मैले आफ्नो कर्तव्य ठानें । ममाथि राज्यको संवैधानिक अंगबाट नै छानबिन सुरु भइसकेको हुँदा यसको छिनोफानो नहुँदासम्मका लागि पार्टीको पोलिटब्युरोजस्तो गरिमामय पदमा बसिरहन अनुपयुक्त हुने हुँदा आजैका मितिदेखि लागू हुने गरी पोलिटब्युरो सदस्यबाट राजीनामा दिएको छु ।” यस्ता असल नियत र आचरण भएका केहि नेताहरु अझै बाँकी छन हाम्रो नेपालमा |
हिजोका दिनहरुमा चिरन्जीवी वाग्ले, गोबिन्द राज जोशी, खुम बहादुर खड्का र जे.पी. गुप्ताहरु भ्रष्टाचारको अभियोगमा जेल चलन हुँदा उत्सब गर्ने अन्य दलका नेताहरुलाई अहिले किन १०५ डिग्रीको ज्वरो आएको छ | यिनीहरुलाई थाहा छ यिनीहरुले जोडेको अकुत सम्पति माथि साच्चै नै छानविन गर्ने हो भने अहिलेका अधिकांश नेताहरुले जोडेको सम्पतिसंग उनीहरुको देखिने कमाईको म्याच हुँदैन | त्यस अर्थ र परिभाषामा त्यो अकुत अतिरिक्त सम्पति भ्रष्टाचारकै उपज हो | साना माछा अथवा भुराहरुमै रमायो र ठुला माछालाई पक्रन सकेन अथवा चाहेन भनेर आरोप खपेको अख्तियार र अख्तियार प्रमुख कार्कीले अहिले जे अभिष्ट, कारण र स्वार्थमा भए पनि मझौला माछासम्म आफ्नो निगरानी राखेको छ | अरुलाई र अरु पार्टीका नेताहरुलाई कारवाही गर्दा खुच्चिङ्ग गर्दै उत्सब गर्ने एमाले नेताहरु अहिले एकाएक अख्तियार प्रमुख माथि खनिएको छ |
राज्यको संबैधानिक निकाय माथि यसरी खुले आम धावा बोल्नु कुनै पनि दृष्टिकोणमा जायज मानिंदैन | राज्यको वर्तमान संरचनामा बिधि, बिधान र कानुन भन्दा माथि कोहि छैन | आज अरु माथि आग्रह या पूर्वाग्रहबाट प्रेरित भएर अख्तियार प्रमुखले यी सब गरेका भए उनि स्वयम पनि राज्यको मूल कानुनबाट उम्कन पाउंदैन | एमाले नेता राजन्द्र पाण्डेले भने झैं यदि हिजो भर्याङ्ग मुनि सर्प पालेझैं उनलाई पालिएको रहेछ भने अब त्यो पालन कर्ताहरुको पनि पहिचान हुनुपर्छ | ककसलाई बचाउने र ककसलाई डस्ने शर्तमा यो सर्प पालिएको थियो | अख्तियारमा बिष नभएको सर्पको त कामै छैन बरु दण्डहिनता र भ्रष्टाचारको अन्त्य गर्ने यो सर्पले यताका र उताका नभनी राज्य र राष्ट्रको निम्ति देश दोहन गर्नेहरुलाई निरन्तर डस्ने साहास गर्नु पर्छ |
भ्रष्टाचार बिशेष गरेर अहिलेको कम बिकशित र बिकाशोन्मुख देशहरुको डरलाग्दो रोग हो त्यसो भनेर बाँकी औद्योगिक र बिकशित देशहरुमा चाँही भ्रष्टाचार नै हुँदैन भनेर पनि हामीले बुझ्नु हुँदैन | हाम्रो कर्मभुमी अमेरिकाको ईलिनोईस राज्यको सिकागो र न्युयोर्कको राजधानी अल्बानीलाई अमेरिकाकै “मोष्ट करप्ट सिटी” भनेर जानिन्छ | जहाँका अधिकांश ठुला ओहोदाका जन प्रतिनिधिहरु भ्रष्टाचारको अभियोगमा जेल चलान भएर तिनीहरुको राजनैतिक जीवन समाप्त भएका छन |
आफ्ना छोराका कारण राजिनामा दिन बाध्य भए मेजोरिटी लिडर डिन स्केलोस
राष्ट्रपति ओबामाले छाडेको ईलिनोइस राज्यको निर्वाचन क्षेत्रलाई बोलकबोलमा बेच्न खोजेको अभियोग सावित भएपछी त्यहाँका गभर्नर रड ब्लागोयाभिचले चौध बर्षको लामो कारावासको सजाय पाएका छन भने त्यहींका कंग्रेसम्यान जेस्सी ज्याक्सन जुनियर पनि भ्रष्टाचारको अभियोगमा जेल जीवन बिताईरहेका छन | यता न्युयोर्क सिटीका पुर्व कम्पट्रोलर आलान हभासी तोकिएको जेल जीवनको उत्तरार्धमा छन भने राजधानी अल्बानीको राजनैतिक खेल र गणितका माहिर खेलाडीहरु न्युयोर्क राज्य सिनेटका मेजोरिटी लिडर डिन स्केलोस र एसेम्बली स्पिकार सेल्डोन सिल्भर पनि अहिले भ्रष्टाचारको आरोपमा मुद्दा खेपिरहेका छन | यहाँ भ्रष्टाचारको अभियोग लागे पछि उनीहरुले आफ्नो पदबाट स्वच्छिक राजिनामा दिन्छन र सम्बन्धित राजनैतिक दलले आफ्नो सम्बन्ध बिच्छेद गर्दछ तर दुर्भाग्य हाम्रो देश नेपालमा भने भ्रष्टाचारको अभियोग सावित भएर जेल चलन भएका खुम बहादुर खड्काहरु पार्टीमा रहने मात्र होइन बलियो हैसियत र अस्तित्वमा रहिरहन्छन | तिनै भ्रष्टाचारीहरु पार्टीको दुहुनो गाई बन्दछन |
अहिले एमाले लगायतका केहि ठुला नेताहरुलाई अख्तियारले पुर्जी काटेपछि अकुत सम्पति जोडेका प्राय सबै नेताहरुको मनमा ७.८ रेक्टर स्केलको भुईंचालो आएको छ | नेतासंगै तिनीहरुलाई भ्रष्ट आचरण गर्न सिकाउने र अभिप्रेरित गर्ने नेपाली निजामती तथा जंगी सेवाका थुप्रै उच्च पदस्त “ठुला माछा” हरुको अन्तरकुन्तरमा अहिले नियमित पराकम्पन शुरु भएको छ | अख्तियारको यो कदम र अभियानलाई अहिले आम नेपाली जनताको नैतिक समर्थन, साथ र अनुमोदन आवश्यक छ | यो जिर्ण रोगको उचत ओखती र निदान गर्न अब किञ्चित ढिला गर्नु हुन्न |
]]>
]]>
Shailesh Shrestha, New Jerseyhttp://www.sampreshanusa.com/#!प्रवासी-नेपाली-समाज-युटोपियन-साम्राज्य/cjds/564e97600cf286795540b5e9http://www.sampreshanusa.com/#!प्रवासी-नेपाली-समाज-युटोपियन-साम्राज्य/cjds/564e97600cf286795540b5e9Fri, 20 Nov 2015 04:10:55 +0000
हाम्रो प्रवासी नेपाली समाजमा रहेको तथाकथित सामाजिक र ब्यबसायिक भनिएका संगठन र तिनका हर्ताकर्ताहरुमा गुटबन्दी, व्यक्तिपुजा, तावेदारी, सस्तो लोकप्रियताको मोह र पदलोलुपताको मात्रा असाध्य बढेर गएको छ | त्यस्तो डरलाग्दो महारोग अहिले सबै खाले राजनैतिक विचार, जात, धर्म, क्षेत्र, लिङ्ग, भौगोलिक सिमाना आदीको साँघुरो घेरा तोडेर माथि उठ्नु पर्ने कलाकारहरुमा पनि डरलाग्दो गरि देखिन थालेको छ |
नेपाली अमेरिकन कलाकार संघका नवगठित कार्यसमिती तस्बिर: अशोक पन्त
नेपालमा छ छ जना उप-प्रधानमन्त्री भन्दै हामीले खिल्ली उडाउँदै गर्दा टाठाबाठा प्रवासी नेपालीहरुको बाक्लो बस्ति भएको न्युयोर्कको ज्याक्सन हाईट्स केन्द्रित नेपाली अमेरिकन कलाकार संघ उत्तर अमेरिकाले लोक गायक सुमन बुढामगरको अध्यक्षतामा एक जना बरिष्ठ उपाध्यक्ष, तीन जना उपाध्यक्ष, महासचिब, सचिब, सह-सचिब, कोषाध्यक्ष, सह-कोषाध्यक्ष, मिडिया संयोजक सहितको जम्बो टोलीको घोषणा गर्दै निरन्तर उत्सब गरिरहेको छ |
अझ त्यतिले पनि नपुगेर च्याप्टर संयोजक अनि च्याप्टर अध्यक्षको पनि बिशेष ब्यबस्था गरिएको रहेछ | अभिनेत्री जल शाहलाई साल्ट लेक सिटीको च्याप्टर अध्यक्षमा मनोनयन गरिएको खबरमा हाम्रा कलाकार बन्धुहरुले हप्तौं सामाजिक संजाल रंगाएर हप्तौं उत्सब मनाईरहेका छन | सुगम नेपाली संगीतका स्थापित अनि होनहार गायक यम बराल न्युयोर्क च्याप्टरको अध्यक्ष बनेका रहेछन | यम बराल र जल शाह यी दुई नामहरु आफैमा काफी छैन र ? किन आफैले आफुहरुलाई अबमुल्यन गर्छन हाम्रा कलाकर्मी साधक, सर्जक र धरोहरहरु ? एकताका आफु पनि कलाकार बन्न लागि परेकोले होला सायद यो बचपना अनि पदलोलुपताले अरुलाई भन्दा अलि बढी मलाई चिमोटेको अनि दुखेको छ |
दुनियाको कहीं कतै कुनै संगठनमा नभएको अचम्मको सांगठनिक स्वरूप पनि बनाएछन हाम्रा कलाकारहरु बन्धुहरुको संगठनले अब त्यहाँ महा-सचिबलाई साथ दिन सचिब अनि सह-सचिबको पनि ब्यबस्था गरिएको रहेछ | आम्दानी खर्च ठुलै हुने भएर होला कोषाध्यक्षलाई हिसाब किताबमा सघाउन एक जना सह-कोषाध्यक्षको पनि अतिरिक्त ब्यबस्था गरिएको रहेछ | किन यस्तो लालच र पदलोलुपता जाग्छ हाम्रो नेपाली जातिलाई ? त्यत्रो राष्ट्रिय स्तरको “नेम” अनि “फेम” भएका कलाकारहरुलाई किन यस्तो “कार्यकारी कारिन्दा” बन्ने अचम्मको शौख जागृत हुन्छ ? अब अरु क्षेत्रमा जस्तै “आईडेनटिटी क्राईसीस” को संक्रमण रोग हाम्रा सर्जकहरुमा पनि सरिसकेछ |
जल शाह साल्ट लेक सिटी च्याप्टरको अध्यक्ष पद ग्रहणको अवसरमा पुष्पगुच्छा स्वीकार गर्दै |
हाम्रो प्रवासी नेपाली समाजमा “कन्फ्लीक्ट अफ ईट्रेस्ट” जस्तो सांगठनिक सम्बेदनशिलतालाईलाई या त बुझ पचाईएको छ अथवा नजरअन्दाज गरिएको छ | पद पाए जति कुम्ल्याउने प्रचलन छ | न त टर्म लिमिटको प्राबधान राखिएको छ न त लोक लाज नै छ | तीन पटकसम्म अध्यक्ष भईसकेकाहरु पुनः त्यहि पदका लागि रणमैदानमा उत्रिएका लज्जास्पद यथार्थहरु छन यो प्रवासी संगठन र बस्तीहरुमा | आफु कार्यकारी अध्यक्ष भएकै बखत त्यो भन्दा अलि ठुलो अनि फराकिलो अर्को संगठनमा उम्मेद्वारी दिंदै जितेर फट्कीएको दुखद उदाहरणहरु पनि छन हामीसंग |
हामी आम प्रवासी नेपालीहरुको सांझा अनि ठुलो संगठन ठानिएको एनआरएन अमेरिकाका जिम्मेवार महा-सचिब तिलक श्रेष्ठ अहिले भर्खर घोषणा गरिएको कलाकारहरुको संगठनमा पनि एक जना उपाध्यक्षका हैसियतमा चुनिएका अथवा मनोनित भएका छन | त्यस्तै नेपाली कांग्रेस भात्री संगठन नेपाली जनसम्पर्क समितीका वर्तमान कार्यकारी सदस्य गायिका पविता परियार उपाध्यक्ष पदमा छानिएकी छिन | उता नेपाल अमेरिका पत्रकार संघका उपाध्यक्ष पदमा बहाल रहेकै बेला एनआरएन अमेरिकाको बरिष्ट उपाध्यक्ष पदमा उम्मेदवारी दिएको आरोप खपेका शिब बिष्टले उम्मेदवारी दर्ता अगावै राजिनामा दिएको तर नेजाले आफ्नो राजिनामा करिब पाँच महिना षडयन्त्रपुर्वक होल्ड गरेको सत्य सार्वजनिक गरेका छन |
उनि दुई महिना अघि मात्र नर्थ क्यारोलिनामा सम्पन्न भएको निर्वाचनमा नासियाको महा-सचिबमा निर्वाचित भएका छन| त्यसै गरि आफु पद बहाली रहेकै अवस्थामा अमेरिका नेपाल सोसाईटीको अध्यक्ष पदमा फट्को मारेका तात्कालिक नेपाल अमेरिका पत्रकार संघ (नेजा) का निर्वाचित अध्यक्ष नगेन्द्र पौडेल आम पत्रकारहरुको प्रचण्ड दवाब पश्चात राजिनामा दिन बाध्य भएका थिए | प्रवासी नेपालीहरुको साना ठुला संगठनहरुमा यस्ता पदलोलुपता र अनैतिक प्रचलनहरुको पुनरावृत्ति निरन्तर हुने गरेको छ |
मातृभूमी नेपालको यथास्थितिबाद अनि तरल राजनीति र नेताहरुलाई यहाँबाट जति गाली गरे पनि हामी उनीहरु भन्दा कैयौं गुणा असहिष्णु, अनैतिक, लालची, ढोंगी अनि पदलोलुप छौं भन्ने सत्य तथ्यको फेहरिस्त र पुष्टी यी र यस्तै थुप्रै घटना र परिघटनाहरुले गर्ने गरेको छ |
आवरणमा राजनीति, जात, धर्म, क्षेत्र, अनि गोत्रको खोल ओडेर समाजसेवाको नाटक र ढ्वांग गर्ने संघ संगठनहरुमा हुने गरेको त्यस्तो खाले पदलोलुप अकर्मन्य र अनैतिक खेलमा आफ्नो सिर्जना र पारखले सिमानाबिहिन एक्काईसौं शताब्दीको संसार जित्नु पर्ने सर्जक अनि साधक कलाकारहरु पनि फस्नु हामी सबैको लागि दु:खद यथार्थ हो |
]]>
]]>
Shailesh Shrestha, New Jerseyhttp://www.sampreshanusa.com/#!राष्ट्रपति-बिद्या-भण्डारी-सहज-आरोहण-कठिन-अवतरण/cjds/5632ed100cf2ce5bf433d1ffhttp://www.sampreshanusa.com/#!राष्ट्रपति-बिद्या-भण्डारी-सहज-आरोहण-कठिन-अवतरण/cjds/5632ed100cf2ce5bf433d1ffFri, 30 Oct 2015 04:30:20 +0000
सामाजिक संजालको सदुपयोग (कतिले दुरुपयोग पनि भन्लान) गर्दै आज मैले पनि नेपालीकि पहिलो महिला राष्ट्रपति बिद्या भण्डारीलाई “दिदी” भनेर सम्बोधन गर्दै बाईलाईन बधाई तथा शुभकामना सम्प्रेषण गर्ने साहस गरें | ठुला पदमा पुगे पछि नचिनेकाहरुलाई पनि गोरु बेचेको साईनो लाउँदै जोड्दै आफ्नो अथवा नाता कुटुम्ब भन्ने हाम्रो अर्ध सामन्ती पुरातानिक प्रचलन र सोंच छ | मैले पनि त्यस्तै र त्यसकै सहारा लिंदै यो बखत परदेशबाट केहि लेख्ने दुस्साहस गरें |
हाम्रो मुलुकमा बहुलवादी लोकतन्त्र र जनताको शासन प्रणाली भएकोले मात्र यो सम्भब भएको हो | धनी र औधोगिक बिकशित राष्ट्र भनिएका कैयन मुलुकहरुमा यस्तो सपना साकार भएका छैनन | हाम्रो कर्मभुमी अमेरिका बल्ल प्रथम महिला राष्ट्रपतिको सपनाको निकट आईपुगेको छ | अझ कैयन राष्ट्रले त परिकल्पना समेत गर्न सकेको छैन | थुप्रै अर्थमा हामीले बाजी मार्यौं | यस कारण पनि यो क्षण यो पध्दतीको स्थापना गर्न आफ्नो जीवन आहुती दिने बीर र बलिदानी ज्ञात अज्ञात सहिद र नेपाली जनतालाई सबभन्दा पहिलो बधाई र सम्मान अर्पण गर्नु पर्ने हुन्छ |
म भोजपुरको दावाको सिध्देस्वर मा.बि. पढ्दा बिद्या दिदी भोजपुरकै विद्योदय मा.बि. मा म भन्दा तीन कक्षा अग्रज छात्रा थिईन | अहिले एमाले पार्टीका कार्यकर्ताहरु र चटके संचारकर्मीहरुले ठुला ठुला जोखिमपूर्ण बिभुषण र अलंकारको पगरी गुथाएर “महान महिला” आदी ईत्यादी जे जसो भने पनि बिद्या दिदी एक जना आम र औसत बिद्यार्थी मात्र थिईन | त्यस पछि गृहिणी हुँदै मदन भण्डारीको हत्या पछि एमालेमा दिदीले अनपेक्षित छलांग मारिन | संसदीय निर्वाचनमा कृष्ण प्रसाद भट्टराईलाई पराजित गरेपछि उनको चर्चा राष्ट्रियरुपमै चुलियो | त्यसपछि निरन्तर उनि अर्थात् विद्या दिदी २०५०, २०५१ र २०५६ मा सांसद बनिन |
एमालेमा हुने भागबण्डा र बिरासतको राजनीतिले दिदीलाई यत्रतत्र राजनैतिक लाभ मात्र मिल्यो | तात्कालिक प्रधानमन्त्री माधब कुमार नेपाल उनलाई रक्षामन्त्री बनाउन बाध्य भए | त्यस पछि त दिदीले फर्किए न जन्म थलो भोजपुर हेर्नु पर्यो न आफुले पढाएको मोरङको पाठशाला | दिदीको भागमा माथि माथि मात्र प्राप्त भयो, फलिफाप नै फलिफाप | बैचारिकरुपले दिदी भाग्यबादमा विश्वास गर्दिनन भन्ने अहिलेसम्म पनि मेरो बुझाई छ नत्र त यसलाई पश्चिमा ईसाई समुदायले भन्ने गरेझैं “मिराकल” नै भनिदिए नि हुन्छ | मलाई थाहा छ हामीसंगै रातो पुस्तक पढ्दै मार्क्सबादका बिद्यार्थी बनेकी बिद्या दिदीले कुनै दैबको दया अथवा लेखाले होइन आफ्नै कर्मले हस्तिनापुर जितेको दावी गर्ने छिन | त्यति मात्र दिदीले भनि दिंदा पनि मलाई खुसी लाग्छ कमसेकम मार्क्सबादी जीवन शैली, नीति र नैतिकता भुले पनि मार्क्सबादको जीवन दर्शन भने दिदीले भुल्नु भएको रैन’छ भन्ठान्नेछु |
२०५४ मा एमालेको केन्द्रिय नेतृत्वमा उक्लनु भएपछी दिदीले तल अथवा तलकालाई फर्केर हेर्नु परेन | तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले स्व-ईच्छाले राजिनामा गर्न नमाने पछि उनलाई तत्काल बर्खास्त गर्नु पर्छ भनेर राष्ट्रपती रामबरण यादबलाई उत्साहित गरेकी उनको स्वर र सम्बाद सायद संसद सचिवालयको लाईब्रेरीमा सुरक्षित हुनुपर्छ | सादा जीवन उच्च विचारमका हिमायती विद्या दिदीलाई पार्टीमा छुच्ची भनेर पनि आरोप लगाउने गरिन्थ्यो | दिदीले २०५४ सालमा आफ्नो क्षमता र पौरखले हात पार्नु भएको अखिल नेपाल महिला संघको उपल्लो नेतृत्व अध्यक्ष पदको जिम्मेवारी करिब अठार बर्ष एक्लै थेग्नु भो | पालो दिन तम्तयार भएर आएकी अर्की प्रतिस्पर्धी नेत्री उर्मिला अर्याललाई उक्त गरुङ्गो जिम्मेवारी लोकतान्त्रिक तौर तरिकाले हस्तान्तरण गर्न मान्नु भएन त्यहि कारण देखाए अर्यालले एमाले पार्टी परित्याग समेत गरिन | तर विद्या दिदीलाई त्यो काण्डले केहि लछारपाटो लाएन | दिदीको दिन बलियो थियो कारण संस्थापन उनका दाहिना थिए तब भयो सबै तैं चुप मै चुप |
त्यस पछि दिदीको अर्को महत्वाकाक्षी परियोजना शुरु भयो पार्टीको उपल्लो पदको आरोहण | पार्टी महाधिबेशनमा लोकप्रिय मतका साथ पार्टी उपाध्यक्षको पदमा छलाङ्ग नै मारिन | लोकप्रिय नेता मदन भण्डारीको हत्या पछाडी पार्टीले उद्घोष गरेको “शोक लाई शक्तीमा बदल्ने” नीतिको कार्यान्वयनमा लागि गृहिणीबाट नेतृ बनेकी हाम्री भोजपुरकि गर्विली चेली अहिले सम्पूर्ण नेपाल राष्ट्रको गरिमा र सान मात्र होइन ईतिहास समेत बनेकी छिन | दु:खेको देशले पनि अहिले उत्सब क्षेणिक उल्लास र उत्सब मनाईरहेको छ | हामीसंग उत्सब गर्न सधैं उचित र थुप्रै बहानाहरु हुने गर्दछ | अहिले बिशेष गरेर नेपालले पहिलो महिला राष्ट्रपति पाएकोमा देश रमाएको छ भने अत्याधिक मानिस खुशी समेत भएका छन |
यो विषम परिस्थितिबाट देशलाई बाहिर निकाल्न यी बहाना र आधारहरु भने पर्याप्त छैनन | मधेस जलेको मात्र छैन आम मानिसको मन भएर दु:खेको पनि छ | ठुलो क्षेत्र, आवादी र जनसंख्या ओगटेको जनजाती आन्दोलन न्यायिक निरुपण र उन्मुक्तीको अभाबमा फेरी फिलुंगो भएर दन्कने बहाना खोज्दैछ | सिमान्तकृत समुदायले उत्सब गर्ने आधार खोजिरहेको छ | दलित र महिलाको समस्या विद्या दिदीले भन्दा बढी नजिकबाट कल्ले जानेको, देखेको र बुझेको होला | रोटी र बेटीको पुरातानिक र परम्परागत सम्बन्धमा चलेको नेपाल भारत सम्बन्ध जटिल मात्र होइन तनाबको स्थितिमा छ | न्याय र पहिचानको अभाबमा तराई मधेस सिमानाको किल्ला सलाईको ज्वलनशील काँटी बनेर
बसेको छ |
बिद्या दिदीको आरोहण तुलनात्मकरुपमा सहज देखिएपनि अवतरण कठिन र जटिल छ | पहिलो जटिलता स्पष्ट गुट र खेमामा विभाजित आफ्नै पार्टी एमाले हुने लक्षण अहिलेबाटै देखा पर्न थालेको छ | विद्या दिदीलाई देवत्वकरण गर्ने क्रमको दु:खद प्रारम्भिक खेल र डिजाईन अहिलेबाटै भईसक्यो | त्यसको पछिल्लो उदाहरण हो उनको अगाडी जोड्न सुरु गरिएको “महान महिला” को आवरण र विभूषण| अब पार्टीका स्वामीभक्त चाटुकारहरुले प्रक्षेपण गरेको यो अश्त्रलाई दिदीले नै निस्तेज बनाउन जरुरी छ | आम नेपालीले जानेको, बुझेको र मैले पनि चिनेको बिद्या दिदी “महान” या “बिशेष” केहि होइनन उनि आत्मबल, साहस र निश्चित क्षमता भएकी एक आम महिला हुन |
अर्को जोखिम भनेको सत्ता सत्तास्वार्थमा लत परेको माछोरुपी नेपाली कांग्रेस पार्टी हो जो पानी यानेकि सत्ता बिना लामो काल बाँच्नै सक्दैन | हामीले देखेको र भोगेको गिरिजा बाबुदेखि सुशीलदासम्मको कांग्रेसी कालखण्डले त्यहि आम सत्य आमरुपमा उद्घाटित गरेको छ | नेपालका पार्टीहरुले बिस्तारै वर्गीय समाज र संरचना बिर्सन थालेको छन, तिनीहरु सत्ता स्वार्थका लागि वर्गीय हैन जातीय, क्षेत्रीय र लैंगिक आधारमा समाजलाई परिभाषित गर्ने दुष्प्रयास गरिरहेका छन | अब त्यो वर्गका लागि अर्को अचुक अनि अभेद्य अश्त्र हुनेछ अहिलेको कार्यकारी शक्तीकेन्द्रहरुका बाहुन जाती बिशेषको एकछत्र एकाधिकार र अधिपत्य |
पार्टी भित्र पनि लामो समय गुटको सहाराले पद र सत्ता हात पार्न सफल भएकी हाम्री विद्या दिदीलाई त्यो धंगधंगी ह्याङ्गओभरबाट एक्कै चोटी बाहिर निक्लन पक्कै गाह्रो हुनेछ तर मलाई पुरापुर बिश्वास छ यसो गर्न दिदी सक्षम हुनेछिन | भनि राखेको वानी कम्म्युनिष्टहरुको वाणी “कमरेड” शब्द झ्वाट्ट मुखमा आईहाल्लान अथवा कसैले प्वाक्क भनि देलान “बिद्या कमरेड !” कति गाह्रो राष्ट्रपति जस्तो सबैको मान र सम्मानको उपल्लो गरिमामय पदमा बसेको मान्छेले त्यसो भनेको या ग्रहण गरेको अरु पार्टीका मान्छेले अथवा आम मान्छेले पक्कै निको मान्ने छैन | चाटुककार चाकरीबाजहरुले एमालेकि बिद्या भण्डारी भनेर औपचारिक सम्बोधन गर्ने छन अथवा पार्टीको स्तुतीगान गर्दै जीवनको गुजारा गरेका संचारकर्मीहरुले पनि त्यहि खेलो निरन्तर गर्लान |
त्यस्तो कठिन र जटिल मोडहरुमा म अब एमालेको मात्र होइन र रहिन म त सारा नेपाल र नेपालीको राष्ट्रपती पो हुँ भन्ने अन्तर चेतना र साहस दिदीमा आवस भन्ने शुभेच्छाका साथ मेरो माईती शुभामकाना अहिलेलाई यतिमै बिट मार्दछु | सामाजिक संजालको सर्बसुलभताको सदुपयोग गर्दै भोजपुरे माईतीको नाताले मनभरिको सद्भाव र शुभेच्छा लेखें | अब तपाई खास अर्थमा भोजपुर, महिला अथवा पार्टी बिशेषको मात्र होइन सर्वांग अनि समुल नेपालको गरिमामय सम्माननीय राष्ट्रपति भएर एउटा नयाँ युग र अध्यायको थालनी गर्नुस | बिद्या दिदी, तपाईलाई मेरो हार्दिक शुभकामना !
]]>
]]>
Shailesh Shrestha, New Jerseyhttp://www.sampreshanusa.com/#!अड्किएको-ओबामा-आदेश/cjds/5625b54f0cf2c3a4a71762a0http://www.sampreshanusa.com/#!अड्किएको-ओबामा-आदेश/cjds/5625b54f0cf2c3a4a71762a0Tue, 20 Oct 2015 04:05:26 +0000
अमेरिकी राष्ट्रपतीहरुको ईतिहासमा रिपब्लिकन रोनाल्ड रेगन र डेमोक्रेट्स बिल क्लिन्टन पछि जन स्तरबाट धेरै आशा गरिएका अर्का राष्ट्रपती बराक एच. ओबामाको दुई कार्यकाल अपेक्षाकृत सफल हुन सकेन | ईराक र अफगानस्थान युध्दले आर्थिकरुपमा सिथिल र जर्जर भएको अर्थतन्त्रको मर्मत संहारमै उनको पहिलो कार्यकाल बित्यो | उनलाई आर्थिकरुपमा मुलुकलाई समुन्नत बनाउने भन्दा पनि अरुले बिगएको बनाउने काम मात्र आई लाग्यो, उनले त्यहि गरे राष्ट्रपती जर्ज डब्ल्यु. बुशले तहसनहस पारेको अर्थतन्त्रलाई मर्मत संहार मात्र गरे | बैंक बेलआउट जस्ता महँगो साध्य अपनाएर उनले धरासायी भएको रियल स्टेट र बेन्किंग प्रणालीलाई अहिलेको अवस्थासम्म ल्याए | थुप्रै झिना मसिना काम गरे पनि आम अमेरिकीको ठुलो अपेक्षा भएकोले उनले खासै जस पाएनन् |
तस्विर साभार: ईमिग्रेसन पोलिसी सेन्टर
पहिलो कार्यकालको सिग्नेचर अचिभमेन्ट भनेर दावी गर्ने गरिएको अफोर्डेबल केयर एक्ट अथवा ओबामा केयर आम अमेरिकी जनताको लागि हात्ती आयो हात्ती आयो फुस्सा भयो | स्वास्थ र शिक्षा नाफा खान पल्केका नाफाखोर कर्पोरेट अमेरिकालाई त्यस्तो प्रगतिशील कानुन ग्राह्य भएन अनि तल्लो सदन कब्जा जमाएर बसेका दक्षिणपन्थी अनुदारबादी रिपब्लिकन कांग्रेस र रिपब्लिकन गभर्नरहरु यो कानुनको बिरुद्धमा खुलेर लागे | राष्ट्रपतिले हस्ताक्षर गरिसकेको “ल अफ दी ल्याण्ड” को बिरुध्द उनुहरुले पचासौं पटक तल्लो सदनमा “रिपिल” को प्रस्ताब दर्ता गराए | जसको आसय सिर्फ व्यवधान बाहेक केहि थिएन |
ल्याटिनो र अल्पसंख्यक आप्रवासीहरुको साथ र समर्थनले राष्ट्रपती बनेका ओबामालाई अध्यागमन मुद्दामा काम गरिहाल्नु पर्ने प्रचण्ड दवाब प्रारम्भ देखिनै थियो तर दोश्रो कार्यकालमा कायम रहेको अप्ठेरो राजनैतिक समीकरण र तल्लो सदनमा रिपब्लिकनहरुको प्रचण्ड बहुमत भएको कारण उनले चाहेर पनि केहि गर्न सकेनन | ल्याटिनोहरुको दवाबको शैली र स्वरुप ग्रास रुटसम्म आए पछि राष्ट्रपती ओबामा आफुसंग रहेको अन्तिम अस्त्र कार्यकारी आदेश (एक्ज्युकेटिभ अर्डर) जारी गर्न बाध्य भए | सन् १०१२ को जुनमा डाका (डीफर्ड एक्सन फर चायल्डहुड अराईभल्स) र अर्को बर्ष जारी गरिएको डापा सम्बन्धी कार्यकारी आदेशले कागजपत्रबिहिन बालबालिकाहरु र कागजपत्र भएका नावालकहरुका आमाबाबुहरुले पनि अस्थायी उन्मुक्ति पाउने भए |
तर अहिले पछिलो पटक राष्ट्रपती ओबामाले जारी डापा प्राबधानलाई चाँही कार्वान्वयन नगर्नु भनेर फेडरल डिस्ट्रिक कोर्ट टेक्सासका न्यायधिश एन्ड्रीउ हेनान फैसला सुनाए | उक्त फैसलाबाट उत्साहित हुँदै रिपब्लिकनहरुको कब्जामा रहेको टेक्सास लगायत जम्मा २६ वटा राज्यले डाका र डापा कार्यकारी आदेश पूर्णरुपले रद्द गराउन न्यायिक अपिल समेत गरेका छन | उक्त प्राबधानबाट फाईदा दिन तम्तयार भएर बसेका लाखौँ आप्रवासीहरु अहिले राष्ट्रपती ओबामाको कार्यकारी आदेशबाट लाभ लिन पूर्णरुपले बन्चित भएका छन |
फेडरल डिस्ट्रिक कोर्ट टेक्सासको फैसला रध्द गरि पाउँ भनेर ओबामा प्रशासनले न्युओर्लियनको फिफ्थ सर्क्युट कोर्टमा गरेको अपिलको अहिलेसम्म छिनोफानो भएको छैन | उक्त कोर्टका न्यायधिसहरुले बादी प्रतिवादीहरुको तर्क बितर्क यो बर्षको जुलाई महिनामै सुनिसकेका छन तर उनीहरुले अनावश्यकरुपमा यो मुद्दालाई जानीजानी लम्ब्याईरहेका छन | यो कोर्टलाई अमेरिकाको कन्जरभेटिभहरुकै बहुमत रहेको कोर्ट भनेर जानिन्छ | त्यस अर्थमा फैसला ओबामा प्रशासनको पक्षमा जाने सम्भावना अत्यन्त न्यून छ | बिगतमा फैसलाहरु हेर्दा त्यस्तो परिदृश्यहरुको आंकलन सहजरुपमा गर्न सकिन्छ | तीन जनाको फुल बेञ्च रहने यो कोर्टमा सन् १९८७ मा राष्ट्रपती रोनाल्ड रेगनले मनोनित गरेको जेरी ई. स्मिथ, राष्ट्रपती जर्ज बुशले मनोनित गरेको जनिफर एलरोड़ र सन् १९७९ मा राष्ट्रपती जिमी कार्टरले मनोनयन गरेका क्यारोलिन डिनेंन किङ्ग छन | जस मध्य स्मिथ र एलरोड़ कन्जरभेटिभ जजकारुपमा जानिन्छन |
अबको केहि हप्तामा यो मुद्दाको फैसला यो अदालतले गर्ने छ | नियतबस यो मुद्दा लम्ब्याईएको कारण अहिले सम्भावित सेवाग्राहीहरु दोहोरो मारमा परेका छन | ओबामा प्रशासन पनि अहिले केहि बोल्ने अवस्थामा छैन | बिगतका नजिरहरुलाई हेर्दा यो पुरातनवादी अदालतले ओबामा प्रशासन र आप्रवासीहरुको पक्षमा फैसला गर्ने सम्भावना नितान्त न्यून छ | अधिकारकर्मी संस्था तथा आप्रवासी समुहहरुले यो हप्ताबाट व्यापक बिरोध प्रदर्शनको आयोजना गरेर चांडो फैसला गर्न दवाब सिर्जना गरिरहेका छन | यी दुवै आदेशलाई कार्यान्वयन गर्नको लागि अब ओबामा प्रशासनलाई सुप्रिम कोर्टमा पुनरावेदन गर्नु पर्ने अर्को अनि अन्तिम बाटो मात्र बाँकी रहेको कुरा राजनैतिक पण्डितहरु बताउन थालेका छन |
]]>
]]>
Shailesh Shrestha, New Jerseyhttp://www.sampreshanusa.com/#!बालकोट-टु-बालुवाटार-ओलीको-चुनौतीपूर्ण-यात्रा/cjds/561a8e6f0cf297bd685e4b56http://www.sampreshanusa.com/#!बालकोट-टु-बालुवाटार-ओलीको-चुनौतीपूर्ण-यात्रा/cjds/561a8e6f0cf297bd685e4b56Sun, 11 Oct 2015 16:37:12 +0000
संघीय लोकत्रान्त्रिक गणतन्त्र नेपालको पहिलो सौभाग्यशाली निर्वाचित प्रधानमन्त्रीका हैसियतमा के.पी. शर्मा ओली गरुङ्गो चुनौती र भारी बोकेर बालकोटबाट बालुवाटार जाँदैछन | अहिले राष्ट्रबादी कित्ता र बिरासदको नेतृव मात्र होइन समायोजन गर्ने दायित्व पनि उनमा थपिएको छ भने मुलुकले कोइरालाबाद भनेर दशकौं देखि जानीने कोइराला डाईनेस्टीको राजनैतिक एकाधिकारबाट आजको मितिबाट सम्पूर्ण मुक्ति पाएको छ तथापी जाती र वर्गको हिसाबले आमुल समावेसी अनि प्रगातिशित संयोजन र समायोजन गरेर मुलुकलाई प्रगतिशील र राष्ट्रबादी दुवै धारलाई न्यायसंगतरुपमा अगाडी बढाउनु पर्ने संगिन चुनौतीको सामना गर्न सानो तिनो साहस र त्यागले सम्भव छैन |
एक छत्र पुरुष ब्राह्मणहरुको कार्यकारी हालीमुहाली रहेको एमाले पार्टीमा अन्तरिक आकांक्षीहरुलाई यथोचित लाभ र प्रतिष्ठाको पद दिनु पर्ने दायित्व आफ्नो ठाउंमा छदैछ त्यस बाहेक तेश्रो ठुलो पार्टी एमाओबादी, राष्ट्रवादको सौदाबाजीमा उनलाई साथ दिने कमल थापा, चतुर खेलाडी विजय गच्छेदार सानै परिधिका सहि अन्तिम अवस्थामा ओलीको नजिक आएका डा. बाबुराम भट्टराई पक्षीय नेताहरुलाई पनि उचित संयोजन र समायोजन गरेर चित्त बुझाउनु गर्ने अहम दायित्व उनीमा थपिएको छ |
उनको उखान टुक्काको आक्रामक शैलीबाट आहत बनेका स्थायी प्रतिपक्ष जस्ता देखिने सिमान्तकृत समुदाय र वर्ग अनि मधेसी, जनजाती र दलितलाई यथोचित मलम लगाउनु पर्ने पहिलो अनि अहम दायित्व झन चुनौतीपूर्ण छ | मुलुकलाई अहिले राष्ट्रवादको त्यान्द्रोले भए पनि केहिहदसम्म जोडेको छ तर त्यो जोडाई अस्थायी स्वरुपको भयो भने थप हानिकारक पनि हुन सक्दछ | मुलुक भारतीय दादागिरी र नाकाबन्दीबाट आहत र आक्रान्त बनेको यो जटिल र दुरुह अवस्थामा आफ्नो न्याय र पहिचानको लडाईमा निरन्तर रहेको मधेस र जनजाती समुह र नेतृव पनि अहिले “सुरक्षित अवतरण” को खोजी या बहानामा रहेको देखिन्छ | अब त्यस्तो राजनैतिक परिदृश्यको बहिङ्गम र उपल्लो पहिचान गरेर उनीहरुसंग पुग्न सकियो भने दु:खेको मधेस अनि पिडा र अन्यायमा बाँचेको सिमान्तकृत समुदायले पनि न्याय र सम्पूर्ण उन्मुक्तीको अनुभुती गर्न सक्नेछ | नीतिगत र गुटगत स्वार्थपरक खेलमा थिलिएको अनि बाहुन-क्षेत्रीको पार्टीको ट्याग लागेको पार्टी एमाले र नव-नियुक्त प्रधानमन्त्री ओलीले त्यस्तो बिराट चुनौतीको सामना गर्न सक्लान त?
केहि भनी हाल्नु अहिलेलाई हतारो गर्नु हुने छ | बिश्वको जटिल राजनैतिक ईतिहास र त्यो कालखण्डको निस्पक्ष विश्लेषण गर्ने हो भने हामी यौटा निचोड अनि निस्कर्षमा चाँही हामी पुग्न सक्छौँ कि प्रत्येक राष्ट्रिय बिपत्तिले नयाँ सम्भावनाको ढोका फराकिलो गरि खोली दिन्छ अनि अनपेक्षितरुपमा नयाँ राजनेताको अभ्युदय पनि हुन्छ | अबको यो युग चाहना र चेतनाको राष्ट्रवाद, न्यायपूर्ण संरचना र प्रगतिशीलताको सामुहिक नेतृत्वको जिम्मेवारी के.पी. शर्मा ओलीलाई जुरेको रहेछ भने त्यसलाई हामीले ऋषिमनले स्विकार्नु पर्छ | अहिले हामीलाई तोड्ने होइन जोड्ने नेतृत्व चाहिएको छ | त्यस्तो राष्ट्रिय चाहनाको परिपुर्ती गर्ने सफलता नव-नियुक्त प्रधानमन्त्री के. पी. शर्मा ओलीलाई मिलोस मेरो हार्दिक शुभकामना!
]]>
]]>
Shyam D. Karki, USAhttp://www.sampreshanusa.com/#!Let-us-not-bring-any-outsider-to-resolve-our-crisis/cjds/56043dc30cf25fa7fe1631c4http://www.sampreshanusa.com/#!Let-us-not-bring-any-outsider-to-resolve-our-crisis/cjds/56043dc30cf25fa7fe1631c4Thu, 24 Sep 2015 19:03:53 +0000
Everyone in the Diaspora is jubiliant over the promulgation of the Constitution, a lifelong dream of all who believe in the democratic principles of the people’s elected representatives decision to give final approval to the Constutution. Over the years, thousands of people havd made tyremendous sacrifices including their own lives to make it happen. Its a cause for jubiliation and celebrations.
Shyam D. Karki on TV show Sampreshan
At the same time we are very concerned at the disaffection of a large section of the Madhesi and Janjati and their agitation against the newly promulagated constitution. Many of us felt humilated at the strong advice given by India as we felt it was direct intervention in oiur internal affairs.
Let us keep in mind that all citizens of Nepal are Nepalis and have rights to equal say and participation in the life of the nation. We can have differences and have rights to express them peacefully. Every cause has a wide range of supporters from one extreme to the other. In this case also, there are people who want more local freedom to some who want total independence and a separate country of their own. There is a feeling of mistrust and betrayal among leaders based on recent past experiences. Statesmanship and national interest demand that a dialogue be started as early as possible before the issue is hijacked by the exrtemists and the problem is internationalized in the name of Human Rights and Protection of Nationalities.
I feel that there is the need for an intermediary to play the role of the mediatior to bring all the parties together and initate the dialogue. This intermediary has to be the person or the group whom all parties can trust. In the past, this role was played by our neighbor to the south, India. However this time it can not be India, as their attempt to play role has been taken by many as partisan and undue interference in the internal affairs of Nepal.
So who can play this role? The first name that comes to my mind is that of the Non Resident Nepali Association (NRNA). It’s solgan is “A Nepali always a Nepali”. It odes not say Nepali of this ethnic group or that group. It always came to help Nepal in its difficult times. In 2003, when there was a feeling of total insecurity and noon wanted to go to Nepal ” NRN” from all over the world came to Nepal and formed the organization to send the message that no matter how much insecurity no matter how bad the situation is, we are Nepalis at heart and we are here to be with our brothers and sisers at this difficult time.
Similalry when then king Gyanendra staged a coup, imprisoned all the political leaders, imposed dawn to dusk curfew and declared to the world that everything is peaceful and quiet, the NRN’s challenged him and said that it’s not so by staging peaceful marches in capitals all over the world, in front o the UN Headqarters and the White House and sent a strong message to people of Nepal that brothers and sisters, we are with you in your struggle for democracy.
When the devastating earthquake hit Nepal and destroyed many villages and towns, again NRN’s immediately raised funds from oursleves and our friends and rushed to Nepal to provide help in every form and kind. We do this because weaa re Nepalis first, we have deep feelings for Nepal, we feel its pain and we want the best for Nepal.
In our NRNA movement , Nepalis from all walks of Nepal are involved. Look at its leadership, people from all ethnic groups are there: Pahadis, Bahuns, Kshetris, Madhesis, Janjatis, Gurungs, Lamas. All these leaders are very talented, highly respected and well connected to top leadersjip of different political parties and ethnic groups in Nepal. So I personally think that this is the moment NRNA should grab and call an emergency meeting of its internatonal and national leadership to discuss the current issue and offer its services as a Mediator.
It can use it s upcoming October “Global Convention” to discuss these issues in detail and from a mediation team composed of world reknowned and highly respected NRN’s. NRNA’s main objective is to help Nepal in its allround development including economic. social and political. So this falls within its main objectives. Second when these parties are not talking to one another and there is an atmosphere of mistrust and nonconfidence, we need a third party. It has to be either another country, another organization or anotheg group. So what better than NRNA to paly this role
We don’t want outsiders to interfere in our affairs, let us resolve our issues among all Nepalis by the mediation efforts of our own organization of Nepalis. I request NRNA ICC President Shesh Ghale and his leadership team to take this issue very serioulsy and offer NRNA as a mediator to resolve the current crisis.
I appeal to all my fellow NRNS to consider this and join me in requesting Shesh Ghale ji to make an offer to mediate the issue. Let us reolve our problems by ourselves. Let us not bring any outsider to help us resolve our issues.
]]>
]]>
Shailesh Shrestha, New Yorkhttp://www.sampreshanusa.com/#!नयाँ-संबिधानको-पक्ष-मा-मेरो-निजी-अभिमत/cjds/55fd727d0cf24bfae8048a22http://www.sampreshanusa.com/#!नयाँ-संबिधानको-पक्ष-मा-मेरो-निजी-अभिमत/cjds/55fd727d0cf24bfae8048a22Sat, 19 Sep 2015 15:05:02 +0000
हामीमा एउटा भ्रम अझै बाँकी छ, “ढिला गरे राम्रो हुन्छ” असफल प्रयत्नका लामो कालखण्ड पछि अहिले कमसेकम भ्रम टुटेको छ | अहिले अभ्यासको आधारबाट उत्कृष्ट राज्य ब्यबस्था भनिएको पध्दतीहरु मध्यकै सार, शैली र स्वरूपको राज्य ब्यबस्था हामीले अङ्गीकार गरेका छौं | जहाँ परिमार्जन र गतिशीलताको प्रचुर अनि ब्यबहारिक सम्भावना छ र रहिरहन्छ |
संसारको थुप्रै राम्रा भनिएका संबिधानको अध्ययन गर्दा म चाँही के निष्कर्षमा पुगेको छु भने अहिले जारी गर्न लागिएको नयाँ संबिधान लोकतान्त्रिक अनि निक्कै हदसम्म प्रगतिशील पनि छ | हाम्रो बहुभाषिक, बहुधार्मिक अनि बहुसांस्कृतिक सामाजिक संरचनाका कारण सबै मुद्दा र सरोकारहरुलाई एक्कै पटक कुनै बिशेष सस्ताबेजमा उल्लेख गरेर सम्बोधन गर्न सम्भब छैन |
अहिलेको संक्रमणकालिन दुर्भाग्य भनेको अन्तरिम बिधान, धारा अनि उपधाराहरु उदार र प्रगतिशील हुँदाहुँदै पनि ठुला राजनैतिक दलका ठुला नेताहरु र वर्तमान संस्थापनको नियत प्रतिगमनउन्मुख र कर्मकाण्डी पुरातनवादी हुनु हो | वर्तमान बुढा पुस्तालाई मझौला औकातका युवा नेताहरुले समयानुकुल प्रतिस्थापित गर्न सक्ने हो भने हामीले साँचो अर्थमा छलाङ्ग मर्नेछौं | मधेसको पिडा पहाडले महसुस नगर्नु दु;खको कुरा हो तर मधेसको नाममा आन्दोलनको नतृत्व सदियौं देखि गरिब मधेसीलाई खुट्टाको पानी खुवाएका मदेसी सामन्त अनि जमिन्दारले गर्ने गरेको सफेद सत्यलाई हामीले नजरअन्दाज गर्न हुँदैन | सदियौं देखि पिडित अनि प्रताडित आम मदेसीहरुको नेतृव र प्रतिनिधित्व विजय गच्छेदार अनि उपेन्द्र महतो जस्ता “आयाराम र गयाराम” गरिन्जेल मधेस र मधेसीले उन्मुक्ती र न्याय पाउँदैनन |
दलित आन्दोलन त नेपालमा सुरु भएकै छैन अहिले जे जति तथाकथित नेताहरु परिदृश्यमा छन कि तिनीहरु “कृपा” ले कि “कोटा” ले केन्द्र र चर्चामा आएका छन | मदेश आन्दोलन र जनजाती आन्दोलन आफु भित्रकै गद्दारी र अन्तरघातले पछि परेको छ | कमसेकम सम्बोधन गर्नु पर्ने र गर्न छुटेका न्यायसंगत बिषय र मुद्दाहरु सतहमा आएको छ | बुढो यथास्थितिबादी वर्तमान संस्थापनले जनताबाट कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचन हुने पध्दतीलाई जानीजानी अस्विकार गरेको छ | त्यसको महँगो मुल्य अब हुने निर्वाचनमा तिनीहरुले बेहोर्ने छन | बृहद र ब्यापक जन दवाबका कारण यो बर्तमान जिर्ण बुढो नेतृत्वले अहिले मधेसको मूल मुद्दाहरुलाई वार्ताको माध्यमबाट सम्बोधन गर्ने बाध्यकारी जाँगर देखाएको छ | यही क्षणलाई अवसरमा परिणत गर्दै अब औपचारिकरुपमा जारी हुने हाम्रो भविष्य अनि चिरप्रतिक्षित नयाँ संबिधानलाई थप न्यायसंगत र समावेसी बनाउनु पर्छ |
ढिलो गरे या सबै मिलेर गरे राम्रो हुन्छ भन्ने पुरानो अनि जिर्ण “डक्ट्रिन” अब काम गर्दैन, संबिधान यसै पनि एक्कै पटक पूर्ण हुने दस्तावेज हैन | त्यहाँ जनताको आवाज र अभिमतहरुलाई आवधिक परिमार्जित र लिपिबध्द गर्न सकिन्छ | संबिधान नदी जस्तै चलायमान हुनु पर्छ | यो प्रस्तावित संबिधान कमसेकम त्यतिसम्म चाही छ |
भारतीय हस्ताक्षपको प्रसंगमा सम्प्रेषणसंग अन्तरंग वार्ता गर्दै तात्कालिक भारतीय प्रधानमन्त्री मनमोहन सिंहका सल्लाहकार प्राध्यापक महेन्द्र पी. लामाले मसंग भन्नु भएको थियो “…बनको बाघले नखाएनि नेपालीहरुलाई मनको बाघले खाएको छ” | त्यसै गरेर टेलिभिजन कार्यक्रम सम्प्रेषणसंग आत्मीय वार्तालाप गर्दै एकताका साउथ ब्लक मार्फत नेपाल मामला हेर्ने व्यक्तित्व अनि बिज्ञ भनेर चर्चा कमाएका प्राध्यापक डा. एस.डी. मुनीले भारतीय संस्थापनले निम्ता गरेर होइन नेपाली नेताहरु आशिर्वाद लिन आफै दिल्ली धाउने गरेको बताएका थिए |
अहिले पनि भारतीय दुत चर्चाको केन्द्रमा छन | प्राध्यापक लामा र मुनीले भने जस्तै उनीलाई हाम्रै संस्थापन र नेताहरुले त्यो स्थान दिएका
हुन | हाम्रो देशको राजनैतिक दल र नेताहरुमा दोहोरो मापदण्डमा फाईदा दिने पुरानो बानी छ | आफुलाई र आफ्नो दललाई फाईदा हुने भयो भने त्यहि कुरो “सल्लाह” हुन्छ नत्र भने “हस्ताक्षप”!
अब त्यस्तो दोहोरो मापदण्डमा क्षणिक लाभ लिने पुरानो रणनीतिलाई छाडेर देश र जनतालाई सर्वोपरी मान्दै यो प्रस्तावित नयाँ संबिधानलाई थप समावेशी, खुल्ला र उदार बनाउन सके बर्सौं देखि कुंजिएको नेपाली जनताको “नयाँ नेपाल” को सपना र चाहना साँचो अर्थमा साकार
हुनेछ |
]]>
]]>
Shailesh Shrestha, New Yorkhttp://www.sampreshanusa.com/#!एनआरएन-अमेरिका-न-गरिखा-न-मरिजाको-अवस्थामा/cjds/55f0fadc0cf2de902a8280c5http://www.sampreshanusa.com/#!एनआरएन-अमेरिका-न-गरिखा-न-मरिजाको-अवस्थामा/cjds/55f0fadc0cf2de902a8280c5Thu, 10 Sep 2015 04:06:27 +0000
एनआरएन अमेरिकाको निर्वाचनमा भएको धाँधली र सहगोत्रिय “कब्जा” को बिरुध्दमा अदालती कारवाहीको लागि टेनेसी पुगेको नौ सदस्यीय “प्रतिवादी समुह” अन्तत: न्यायिक समिती (जुडिसियरी कमिटी) मा फर्कन बाध्य भएको छ | त्यस्तो सदासयतापूर्ण सुझाब र सल्लाह मैले प्रारम्भ देखि सबै जनालाई दिएकै हुँ | अमेरिकी अदालतले सिधै कहिले पनि भर्डीक्ट (फैसला) दिंदैन बरु लामो समय झुलाएर सेटलमेन्ट गर्ने आधार र सुझाब दिन्छ भनेर मैले भन्ने गरेकै हुँ | अहिले बल्ल साथीभाईहरुको चेत खुलेछ |
आज भर्खर प्राप्त समाचार अनुसार टेनेसी कोर्टले सस्थाको अन्तरिक तथा स्वतन्त्र संयन्त्र न्यायिक समिती मार्फत न्यायिक निरुपण खोज्न सल्लाह दिए पछि अब यो हावा खुस्किन लागेको भकुण्डो न्यायिक समितीका संयोजक दुर्गा भुर्तेलको कोर्टमा पुग्ने छ | अघिल्लो कार्यकारिणीको निर्वाचन पश्चात खगेन्द्र क्षेत्री, सोनाम लामा आदीको रोहबर र उपस्थितिमा भएको पहिलो अनौपचारिक भेटघाटमा मेरो निजि प्रस्ताबबाट यो समितीको निर्माण गरेको कुरो यति चांडै कसैको स्मृतीबाट हराएको छैन होला भन्ने मेरो बुझाई छ |
अदालत जानु अघि प्रतिवादी पक्षले न्युयोर्कमा आयोजना गरेको प्रेस भेटघाटमा पनि मैले संचारकर्मीको हैसियत भन्दा दुई कदम अघि बढेर सबै जनालाई अदालती मुद्दा मामिलाको छिनोफानो हुन बर्षौं लाग्छ त्यस कारण न्यायिक समितीमा जान सल्लाह मात्र होइन अनुरोध समेत गरेको हुन | तर प्रतिवादी समुहले समितीलाई पूर्ण अविश्वास गरेको जानकारी हामीलाई भयो | पछि बरिष्ट उपाध्यक्ष पदकी प्रत्यासी नेदेन डोंगलाले दर्ता गर्न जाँदा पहिले व्यक्ति किटान गरेर जाहेरी गर्न भनिएको कुरा बाहिर आएपछि मैले दुर्गा भुर्तेलसंग भेटेर बुझ्दा आफुले निवदेनको आधिकारिकताको लागि नोटरी पब्लिक गरेर आउनु भनेको तर त्यस पछि प्रतिवादी पक्षबाट उजुरी दर्ता नभएको मलाई जानकारी भयो | आफ्नो निजि पहलकदमीमा यो अन्तरिक तर स्वतन्त्र संयन्त्र निर्माण गरिएकोले यसै संयन्त्र मार्फत न्यायिक निरुपण होस् भन्ने मेरो अभिष्ट रह्यो | त्यस्तो वाताबरण निर्माण गर्नको लागि हामीले बिभिन्न चरणको भेटघाट र वार्तालापको संयोजन पनि गर्यौं |
केहि छिन अघि रबिन बज्राचार्य भाईले फोन गरेर भन्यो “अब दाई त धेरै खुसी हुनुहुन्छ होला अब तपाईले भन्नु भए जस्तै यो मुद्दा न्यायिक समितीमा जाने भयो |” अवश्य नै ! म अति खुसी छु तर समाधान सहज छैन जड राजनैतिक लेनदेन र सौदाबाजीको आधारमा भएको छ| बैचारिक सहगोत्रीय सम्बन्धको आधारबाट भएको किस्तावन्दी लेनदेन कठिन र जटिल हुन्छ | दम्भ र दादागिरीले अबको न्यायिक निरुपण हुँदैन | सम्बाद र समन्वयको थप खाँचो पर्दछ त्यस्तो उदारता हामीसंग कम छ कि निषेध छ कि त घृणा अनि तिक्तता |
दुनियालाई थाहा छ, यसपालीको निर्वाचनमा झेली खेल भएको छ | एक जना व्यक्तिको क्रेडिट कार्डबाट छ हजार डलर भन्दा बढी भुक्तानी भएको छ, एक व्यक्तिको नाममा सयौं एक छापे मन खसेको छ अनि एक व्यक्तिले निर्वाचन जित्न सय हजार (एक लाख) डलर लगानी गरेको छ अनि हामी कसरी तिनै व्यक्तिको ईमान, निष्ठा अनि कर्तब्य परायणताको अनुराग बाढ्न सक्छौं ? यदि यी सारा फर्जी अनि जालसांची तिकडम गरेर नजितेको भए बिजेताहरु सग्लो अनि अग्लो भएर हिड्न सक्ने थिए अहँ अहिले कसैको पनि हालत र हविगत सग्लो अनि अग्लो देखिंदैन | साच्चै ईमान, निष्ठा र बिश्वासकै मतले जितेको भए र यत्रो दस हजार छ सय त्रिसट्ठी सदस्यका निर्वाचित प्रतिनिधि पात्रले अग्नो र सग्लो उभिनु र हिड्नु पर्ने हो |
अहिले वर्तमान कार्यसमिती साधारण सभाको तयारीमा जुटेको छ अझ त्यो पनि “बिशेष” तर काम गराई ढांचा, ढर्रा र शैलीमा कुनै परिमार्जन या नवीनता छैन | मेरील्याण्डको अस्तव्यस्त अलोकतान्त्रिक साधारण सभामा भएको दुर्गती र कमजोरीलाई आंशिक भए पनि सच्च्याउने कुनै ईरादा या अभिष्ट छैन | हिजो गणपुरक संख्या नपुग्दाको स्थिति के भएको थियो अनि के गरिएको थियो? पुरक प्रस्ताब ल्याएर खारेज गरिएको हास्यास्पद पदहरु पछि कसको आदेशमा दुर्गा भुर्तेलले बहि खातामा उतारे? जोरीनै खोज्ने हो भने हामीसंग थुप्रै ठाउं छ तर अब त सिक्लान या सच्चिएलान भनेर हामी तैं चुप मैं चुप बसेको अवस्था हो तर त्यहि पेलेर लाने शैली र दम्भले नै अदालतसम्मको बाटो तय गर्यो | अहिले संस्थापनलाई लागेको होला केन्द्रिय अध्यक्ष शेष घले आएर उद्घाटन गर्नासाथ या बैधानिकताको लाहाछाप लाउना साथ संस्थाले बैतरणी पार गर्छ अनि दोष मुक्त हुन्छ ?
होइन आम प्रवासी नेपाली र सदस्यको नजर र नजिरमा यो कार्यसमिती सम्पूर्ण दोष मुक्त छैन | कमसेकम सम्मानित न्यायालयले यो साधारण सभा गर्ने मौका यो कार्यसमितीलाई दिएको छ | त्यसको मतलब निर्वाचन पुर्व र पश्चात गरेको र गराईएको उपल्लो नैतिक अपराध र दण्डहिनताले कुनै पनि शर्त र बहानामा उन्मुक्ती पाउनु हुँदैन | हामीलाई अरुले पैसा तिरेर बनेको या बनाईएको संसारकै सबभन्दा ठुलो राष्ट्रिय समन्वय समिती हुनु परेको छैन बरु सानो चुस्त अनि दुरुस्त संगठन भए पुग्छ | त्यस्तो संगठन निर्माण, न्याय सम्पादन र निरुपणको लागि हामी संचारकर्मीहरु चट्टानी अडानका साथ अडिग, अडेर र अधीर रहिरहने छौं |
]]>
]]>
NYC Schools Chancellor Carmen Fariñahttp://www.sampreshanusa.com/#!MAKING-THE-TEAM-EQUITY-AND-ACCESS-IN-HIGH-SCHOOL-SPORTS/cjds/55e77aaa0cf24e84f75fc8b6http://www.sampreshanusa.com/#!MAKING-THE-TEAM-EQUITY-AND-ACCESS-IN-HIGH-SCHOOL-SPORTS/cjds/55e77aaa0cf24e84f75fc8b6Wed, 02 Sep 2015 22:50:36 +0000
प्रतिक्रिया