१४ बैशाख २०८१, शुक्रबार ७:०२ | 04/26/2024 9:17 AM



अमेरिकी ईतिहासकै लज्जा: लहरो तान्दा पहरो गर्जिदैछन – शैलेश श्रेष्ठ, उत्तर अमेरिका

१२ भाद्र २०७८, शनिबार २१:४६ मा प्रकाशित

अमेरिकी सुरक्षा बिभागले घरेलु आतंकबादीको सुचीमा राखेका स्वेत सर्बोच्चताबादी समुह “प्राउड ब्वाई” का नेता ईनरिकु टारियोले सर्बोच अदालत डीसीबाट छ महिनाको जेल सजाय पाएका छन। डिसेम्बर १२ तारिखको डीसी र्यालीमा उनले युनाईटेड मेथोडिष्ट चर्चबाट लुटेर ल्याएको ब्लाक लाईभ्स म्याटर लेखिएको ब्यानर जलाएका थिए पछि उनलाई गिराफ्तार गर्दा उनीसंग प्रहरीले हाई क्यापासिटी राईफलको म्यागजिन समेत फेला परेका थिए।


गत सोमबार अदालतमा पेसी हुँदा उनले आफ्नो गल्ति स्वीकार गर्दै क्षेमा याचना गरेका थिए। डिसेम्बर १२ तारिखको डीसी घटनापछि डीसी प्रहरीले उनलाई कडा निगरानीमा राखेका थिए त्यही कारण ट्रम्पको उक्साहटमा जनवरी ६ तारिखका दिन भएको घटनामा उनी सामेल हुन पाएनन तथापी उनले ट्वीटर मार्फत स्याबासी दिंदै “प्राउड अफ माई ब्याईज एण्ड कन्ट्री, डोन्ट फ… लिभ” भनेर लेखेका थिए। उनले आफ्नो स्वेत सर्बोच्चाताबादी उग्र दक्षिणपन्थी एजेन्डा र आप्रवासीहरु प्रति घृणा व्यक्त गर्दै प्राउड ब्वाईद्वारा संचालित पडकास्टमा ब्लाक चर्चबाट लुटेर ल्याईएको ब्यानर आफुले आगो लगाई दिएको कुरा स-गर्व स्वीकार गरेका थिए।

जनवारी छ तारिख घटित घटनाका दोषीहरुलाई कानुनको अधिनमा ल्याउने क्रम निरन्तर छ। अहिलेसम्म तस्विर र टेलिभिजन फुटेजहरुका आधारमा प्रहरी र एफबीआईले करिब ५६५ जना अभियुक्तहरुलाई पक्राउ गरिसकेका छन भने बिभिन्न न्यायालयबाट उनीहरुको अपराध अनुसारको सजाय सुनाउने क्रम निरन्तर छ। नयाँ निर्वाचित राष्ट्रपति जो बाईडेनको जीतलाई अमेरिकी संबिधान अनुसार प्रमाणित गर्ने जनवरी छ तारिखका दिन तत्कालिन राष्ट्रपति डोनाल्ड जे ट्रम्पको उक्साहटमा त्यो ईतिहासकै लज्जास्पद घटना भएको थियो। उक्त हुलदंगामा परेर पाँच जनाको मृत्यु भएको थियो भने कैयन घाईते भएका थिए।

घटनामा योजनाकार मानिएका पुर्व राष्ट्रपति डोनाल्ड जे ट्रम्प माथि पनि कैयन अभियोगहरु दर्ज गरिएका छन तथापी अहिलेसम्म उनी उपर कुनै कसुर प्रमाणित हुन सकेको छैन। आफुहरुलाई उकासेर उत्तेजित गराएर घटना घटाएको तर घटना पश्चात आफुहरुलाई साथ र समर्थन नगरेको भन्दै उनीहरुले ट्रम्पलाई गद्दार र धोकेबाज भन्न थालेका छन र अहिले एकपछि अर्को गर्दै यस समुहका सक्रिय कार्यकर्ताहरु अमेरिकी कानुनको अधिनमा तानिएपछि उनीहरु पनि एकपछि अर्को गर्दै प्राउड ब्वाईबाट बाहिर निस्कंदैछन।
गत बिहिबार मात्र सात जना युएस क्यापिटल पुलिसहरुले पुर्व राष्ट्रपति डोनाल्ड जे ट्रम्पका बिरुध्दमा डीसी फेडेरल कोर्टमा मुद्दा दाएर गरेका छन। उनीहरुले जनवरी छ का मुख्य योजनाकार ट्रम्प भएको जिकिर गर्दै घटना घटाउनमा उनको घृणा र द्वेष मिश्रित चुनावी भाषणहरु जिम्मेवार रहेको कुरा जाहेरीमा उल्लेख गरेका छन।