१४ बैशाख २०८१, शुक्रबार १२:१९ | 04/26/2024 2:34 AM



"कामचलाउ" एनआरएन अमेरिका?

२० जेष्ठ २०७४, शनिबार ००:४६ मा प्रकाशित

अस्तिका दिन अर्थात जुन एक तारिखबाट सदस्यता वितरण र प्रमाणीकरणको सवालमा आम प्रवासी नेपालीहरुको शंकाको घेरामा रहेको एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिको हैसियत "काम चलाउ" हुन पुगेको छ | राष्ट्रिय निर्वाचन समितिले आफ्नो पत्राचारमा उल्लेख गरे अनुसार अब एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिलाई सामान्य दैनिकीहरुको मात्र सम्पादन अनि कार्यान्वयन गर्नु र दुरगामी अर्थ राख्ने कुनै पनि काम र निर्णय नगर्नु भन्ने परिपत्र गरेको छ |

संसारकै सबभन्दा ठुलो राष्ट्रिय समन्वय समितिको हेजेमोनिक दम्भ बोल्ने एनआरएन अमेरिकाले निरन्तर आफ्नो सिमित शाख र विश्वसनीयता गुमाईरहेको छ | निर्वाचन समितिका अनुसार एनआरएन अमेरिकाले अझसम्म पनि आधिकारिक मतदाताहरुको अन्तिम नामावली उपलब्ध गराउन सकेको छैन र उनीहरुलाई उपलब्ध गराएको संख्या र एनआरएन एनसीसी युएसएको वेबसाईटमा भनिएको संख्या (१४८८५) फरक छ | आज मात्र महासचिब तिलक श्रेष्ठले अर्को बक्तब्य सार्वजनिक गरेर भोली शनिबार ११:५९ सोधिएको जवाफ इमेल मार्फत पठाउन जानकारी गराएका छन | अघिल्लो निर्वाचनमा पनि अनेकौं हतकन्ठा अपनाएर चुनाब जितेको आरोप खपेको वर्तमान कार्यसमितिले गरेको यि हर्कतहरु शंकाको घेरा भन्दा बाहिर छैन | सदस्यताको लागि आबेदन दिएका मध्य हजारौंको संख्यामा अमान्य हुनु निर्वाचनपुर्बको अर्को चलखेलको दसी प्रमाण हो |
समयमै निर्वाचन सम्पन्न गराएर हिजो अर्थात् जुन एक तारिख नयाँ निर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण गरिसक्नु पर्नेमा वर्तमान कार्यसमिति र तिनका मतियारहरु अझै संस्थापनमा बसेर चक्रब्युह रचिरहेका छन | उनीहरुलाई कत्ति पनि लाज अनि सरम छैन अलिकति नैतिकता अनि ईमान भन्ने चिज उनीहरुमा बाँकी रहेको भए निर्वाचन स्वतन्त्र र निष्पक्ष होउन भन्ने असल अभिष्ट अनि अभिलाषाले उनीहरुले आफ्नो कार्यकाल सकिनु अघि अथवा सकिईसकेपछि नैतिकताको आधारमा राजिनामा दिईनु पर्दथ्यो तर अनेक तिकडम गरेर बैचारिक सह-गोत्रीय कार्यकर्ताहरु र केहि राजनैतिक शक्ति केन्द्रहरुको कृपाले "कब्जा" गरेको यो अड्डा यिनीहरुले सजिलै छाड्नेवाला छैन |
निर्वाचन आम मतदाताहरुको अन्तिम अश्त्र अनि शक्ति हो अबको निर्वाचनमा आम प्रवासी नेपाली तथा मतदाताहरुले उनीहरुको राजनैतिक स्वार्थ र अभिष्ट सहितको हरेक चक्रब्युहलाई आफ्नो सचेत, शिक्षित अनि स्वाधीन बिबेकद्वारा परास्त गर्ने पक्का छ | जय एनआरएन!