१४ बैशाख २०८१, शुक्रबार ८:१४ | 04/25/2024 10:29 PM



किन फरक फरक देखिन्छ राष्ट्रपतीका उम्मेदवार जो बाईडेनले पाएको ईलेक्टोरल मत?

२१ कार्तिक २०७७, शुक्रबार २२:११ मा प्रकाशित

११ ईलेक्टोरल मत रहेको एरिजोना राज्यमा जो बाईडेनको जीत भनेर ट्रम्पको पक्षपोषण गर्ने फक्स न्युज र एपीले अस्तिकै दिन प्रोजेक्सन गरिसकेको छ तर सीएनएन, एनबीसी, एबिसी अन्य न्युज नेटवर्कहरुले अहिलेसम्म पनि निर्णय नभएको राज्य अन्तर्गत राखेर अहिलेसम्म पनि प्रोजेक्सन गरेको छैन।

फक्स न्युजले गरेको प्रोजेक्सन

त्यसैले फक्स न्युज र एपी न्युज हेर्दा जो बाईडेनको जम्मा २६४ ईलेक्टोरल मत पुगेको देख्न सकिन्छ तर अन्य न्युज नेटवर्कमा चाँही २५३ मात्र देखिन्छ। यसले आम दर्शक र पाठकहरुलाई द्विविधामा पारेको छ। एउटा बुझ्नु पर्ने कुरा के हो भने नेटवर्कहरुको प्रोजेक्सन आधिकारिक चाँही होइन तर तथ्यपरकसम्म चाँही हो। यस मामलामा फक्स न्युज र एपी न्युजले एकखाले जोखिम लिएको भने पक्का हो भने अन्य न्युज नेटवर्कहरुले त्यस्तो जोखिम लिन चाहेन। अक्सर मेजर न्युज नेटवर्कहरुले गर्ने प्रोजेक्सन ९५ प्रतिशत मिल्ने गर्दछ।

एनबीसी न्युजले गरेको प्रोजेक्सन

एरिजोना राज्यकी सेक्रेटरीले केटी होब्सले दिएको पछिल्लो विवरण अनुसार उक्त राज्यमा अब १७३,००० मत गन्न बाँकी छ भने त्यहाँ डेमोक्रेटिक पार्टीका जो बाईडेन राष्ट्रपति डोनाल्ड ट्रम्प भन्दा २९,८६१ मतले मात्र अगाडी छन। सेक्रेटरी अफ स्टेटका अनुसार उक्त राज्यको मत गणनाको परिणाम छिटोमा भोली साँझसम्म र ढिलोमा आईतबार दिउँसोसम्ममा सार्वजनिक हुनेछ ।