१६ बैशाख २०८१, आईतवार ९:५१ | 04/28/2024 12:06 AM



चर्चाको शिखरमा टीपीएस र एनआरएन अमेरिका

१० असार २०७२, बिहीबार १९:५५ मा प्रकाशित

यी दुई बिषयहरुले अन्य बिषय, बहस र सरोकारहरुलाई यो हप्ता पनि नेपाली अमेरिकी समाजमा ओझलमा पारिदिएको छ | टीपीएसको मागले अमेरिकी सरकारको मान्यता पाएको छ भने एनआरएन अमेरिका निर्वाचन पश्चात पनि बैधानिक अनुमोदन पाउन निरन्तर संघर्ष गरिरहेको छ| विजय हाँसिल गरेको पक्ष खुम्चियरै भए पनि साना झिना मसिना उत्सब गरिरहेको छ भने हराईएका भनिएका पिडित पक्ष धाधली भएको प्रमाण सहित न्यायालय जाने धम्कीको शुत्रमा लाफ्फबाजी गरिरहेको छ| तर सहि र बिधान सम्मत न्यायिक बाटो अनि सम्भबत अन्तिम गन्तब्य पहिचान गर्न यो पराजित समुह निरन्तर चुकेको छ| अहिलेलाई यति भनौं भाई-भाई कुस्ती खेलेपछि हार्नेले घरमुलीलाई गुहार्ने काम गरेको छ | (यो बिषयमा समाधानको प्याकेज सहितको अर्को पटक लेख्ने छु)
Sampreshan Banner

न्युयोर्कको डबली र चिया पसलमा एउटा हुईया सुनिन थालेको छ…लु फेरी लयरहरुले लुट्ने भए !!??

आफु सजग र सचेत हुने हो भने कसैले कसैलाई लुट्दैन| हामी त्यस्तो सचेत, चेतनशील अनि समबेदनायुक्त नेपाली अमेरिकी समाज निर्माणको क्रममा छौं|

टीपीएस पिटिशन र अन्य रणनीतिक कामको प्रारम्भ देखि नै कानुन ब्यबसायी डिल्ली भट्टले मसंग बारम्बार भन्ने गरेका छन्, “शैलेशजी यो काम पक्का हुन्छ त्यसपछि हामीले फारम भर्न निशुल्क या अत्यन्त किफायती दरमा सहजीकरणको ब्यबस्था पनि गर्नु पर्छ|” उनको आसय ज्याक्सन हाईट्स या आसपासमा फ्री लेगल क्लिनिक खोल्ने थियो| पुराना कानुन ब्यबसायीहरु खगेन्द्र क्षेत्री, केशब सेढाई, बिनोद रोका, दुर्गा भुर्तेल, बाशु फुलाराहरु त्यहि व्यहोराको लेख तथा स्टाटस सम्प्रेषण गरिरहेका छन |

काल्पनिक अनि मनोगत त्राश र फोबिया समाजमा किन बढाउँदैछौं हामी? बरु सहि सुचना र सामग्रीहरु समुदायको लागि सम्प्रेषण गरौँ| अधिकार प्रारम्भ देखि यो काममा लागि पारेको छ यो अभियानलाई अगुवाई गरेको छ| अनि आउँदो आईतबार ज्याक्सन हाईट्सको सत्य नारायण मन्दिरमा बिहान १० बजे देखि अमेरिकी सरकारको आधिकारिक निकायसंग सामुदायिक अन्तरक्रिया गर्दैछ| हामी पनि सम्प्रेषण इन्कको तर्फबाट न्युयोर्क सहरका सहधर्मी संघ संस्थाहरुसंग समन्वय गरेर कार्यक्रम गर्ने र सहजीकरण गर्ने योजना गरिरहेका छौं| अहिले बिषयगत ब्यबसायीहरुले भन्दा पनि अनाधिकृत एजेन्टहरुले ठग्ने र केस बिगारिदिएको चर्चा समाजमा सुनिन थालेको छ| त्यस्तो अनाधिकृत कामलाई दण्डनीय बनाउन चाँही जरुरी छ |

टीपीएसको फारम भर्नलाई कानुन ब्यबसायीकैमा जानु पर्छ भन्ने छैन तर कानुन ब्यबसायीकोमा नजाऊ भन्ने कुतर्क र हल्ला पनि फलदायी नहुन् सक्छ| अहिले यो प्रक्रियालाई कसरी सस्तो, न्यायसंगत र सर्बसुलभ बनाउने भन्ने सामुहिक पहलकदमीको चाँही जरुरी छ| अमेरिकी सरकारले र सम्बन्धित निकायले आई-८२१ को लागि ५० डलर, बायोमेट्रिक सेवाको लागि ८५ डलर अनि यदि काम गर्न पाउने कागज (ओर्क परमिट) को लागि ३८० डलर तोकेको छ अब यसको अतिरिक्त कुन कानुन ब्यबसायीले कति सेवा शुल्क लिन्छ त्यो नितान्त उनीहरुको अधिकारको कुरो हो | यस्तो विषम परिस्थितिमा मातृभूमीको राहत र उद्दारको लागि प्राप्त भएको अवसरमा कुनै कानुन ब्यबसायीहरुले अवान्छित लाभ उठाउलान भन्ने मलाई चाँही लाग्दैन| त्यसको लागि उनीहरुसंग हामी पनि यथोचित अनुरोध गर्न सक्छौं तर उनीहरुकोमा जानु हुँदैन है भन्दै फेरी समाज बर्वाद पार्ने अनाधिकृत क्लर्कहरु कहाँ जाने हो भने परिणती अकल्पनीय पनि हुन सक्छ| यो खुल्ला अर्थतन्त्र र पध्दती भएको मुलुकमा हामी उनीहरुलाई तपाईहरुको यस्तो र एउटै सेवा शुल्क (रेट) हुनु पर्छ पनि भन्न सक्दैनौं|

Shailesh Binod Sedai Luna

अहिले सामुहिकरुपमा गर्नु पर्ने र गर्न सक्ने भनेको एउटै हाम्रो सांझा संस्था एनआरएन अमेरिका हो तर दुर्भाग्य दुखका साथ भन्नु पर्छ उनीहरुलाई भाले जुधाईबाट बाहिर निक्लिने फुर्सद छैन| मुद्दा, मामला, झमेला र केन्द्रसंगको सम्बन्धनको स्टाटस स्पष्ट नभई उनीहरुले पनि केहि गर्न सक्ने ब्यबहारिक परिदृश्य देखिंदैन बरु समुदायमा ठुला स्वरुप र आकार भएका फिप्ना, शेर्पा क्यिदुग, गुरुङ सोसाईटी अफ अमेरिका, तामांग सोसाईटी अफ अमेरिका, तथा अन्य थुप्रै जातीय संघ-संस्थाहरुले आफ्ना समुदायलाई सेवा पुर्याउन सक्दछ| नेपालको पार्टीको झण्डा बोक्दै भ्रष्ट नेताहरुको भजन किर्तन गर्ने भात्री संगठनहरुले पनि आफ्नो संगठन बिस्तार भएको धक्कु लगाउने गरेका छन तर तिनीहरुको प्राथमिकतामा यस्ता सत्कर्महरु पर्ने गरेका छैनन् र यसपाली पनि गर्लान भन्ने मलाई चाँही विश्वास छैन |

जसले जे सकिन्छ गरौँ, हामी गर्न सक्छौं भन्ने भावना र चेतना हाम्रो नेपाली अमेरिकी समुदायमा भारी अभिबृध्दी भएको छ| यो नै भविष्यको लागि असल सुचाङ्क हो |