१४ बैशाख २०८१, शुक्रबार ५:१० | 04/26/2024 7:25 AM



“चाईना भाईरस” भन्न नपाईने बिल अमेरिकी तल्लो सदनबाट पास

२ आश्विन २०७७, शुक्रबार १७:०२ मा प्रकाशित

न्युयोर्क सिक्स्थ कंग्रेसनल डिस्ट्रिककी कांग्रेसउमेन ग्रेस मेङ्ग

कोरोना भाईरसलाई बारम्बार “चाईना भाईरस” भन्ने गरेकोमा राष्ट्रपति डोनाल्ड जे. ट्रम्प को भर्त्सना गर्दै अब आईन्दा अमेरिकी सरकारका कुनै पनि निकायका जिम्मेवार पदाधिकारीहरुले एसियन अमेरिकनहरुलाई अपमान र अबज्ञा गर्ने अभीष्टका साथ राष्ट्रपतिले बारम्बार प्रयोग गर्ने गरेको “चाईना भाईरस” शब्दावली प्रयोग गर्न नपाईने एउटा प्रस्ताब अमेरिकी तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभको प्रचण्ड बहुमतले पारित गरेको छ।

न्युयोर्क राज्यका कांग्रेसउमेन ग्रेस मेङ्गले प्रस्ताब गरेको यो बिधेयकलाई तल्लो सदनको बहुमतले हिजो पास गरेको हो। यो बिधेयकको पक्षमा २४३ मत र विपक्षमा १६३ मत परेको थियो भने मतदानको समयमा अप्रत्यासितरुपमा १४ जना रिपब्लिकनहरुले यो बिधेयकको समर्थन गरेका थिए।

राष्ट्रपति ट्रम्पले कोरोना भाईरस ब्यबस्थापनमा भएका आफ्ना कमी कमजोरीहरु लुकाउने अभिप्रायले एकलौटीरुपमा चीनलाई दोषारोपण गर्दै निरन्तर चाईना भाईरसम, कुङ्ग्फ़ु भाईरस भन्दै एसियन अमेरिकनहरुको मानमर्दन गर्ने गरेका छन। उनले बिभिन्न भाषण अनि समारोहहरुमा त्यो शब्दावली प्रयोग गर्न थालेदेखि एसियन अमेरिकनहरु माथि हेट क्राईम बढ्न थालेको बिबरण एसियन अमेरिकनहरुको बाक्लो आवादी भएका सहरहरुले सार्वजनिक गर्न थालेका छन।

हिजो तल्लो सदनमा पास भएको यो बिधेयकले कानुनको मान्यता पाउनको लागि अब यो बिधेयकले माथिल्लो सदन सिनेटमा छलफल र मतदानको लागि प्रवेश पाउनु पर्दछ तर डेमोक्रेट्स नियन्त्रित तल्लो सदनमा पास भएका यस्ता कैयन बिलहरु रिपब्लिकन नियन्त्रित माथिल्लो सदनमा प्रवेश समेत नपाउने गरेका थुप्रै उदाहणहरु छन। रिपब्लिकन पार्टीका कांग्रेसम्यान केभिन म्यकर्थीले हिजो पास भएको यो बिललाई डेमोक्रेट्सहरुको चुनावी रणनीति भन्दै माथिल्लो सदनमा पास हुने सम्भावनानै नरहको बताएका छन।

अहिलेको स्थिति हेर्दा त्यो सम्भावना स्पष्टरुपम देखिएको छ किनकी माथिल्लो सदन सिनेटमा राष्ट्रपतिको रिपब्लिकन पार्टीको बहुमत छ। यदि त्यहाँबाट झिनो मतले पासनै भएको खण्डमा पनि राष्ट्रपति ट्रम्पले “भिटो” लगाउने प्राय: निश्चित छ। यदि माथिल्लो सदनमा ६० मतले यो बिललाई पास गर्न सकेको खण्डमा चाँही राष्ट्रपतिसंग भिटो लगाउने अधिकारसम्म पनि हुँदैन किनकी ६० मत भनेको भिटो-प्रुफ मेजोरिटी हो।

यसै पनि यो चुनावी वर्ष हो, यिनै राष्ट्रपतिको कृपा र समर्थनमा चुनाव जित्नु पर्ने कैयन सिनेटरहरुको अवस्था भएको वर्तमान अवस्थामा उनीहरु कुनै पनि हालतमा ट्रम्पको विपक्षमा जाने सम्भावना छैन। यही परिस्थितिमा यो बिल कानुनका रुपमा लागु हुने सम्भावना न्यून रहेको भएपनि यसले राष्ट्रपतिको स्वेच्छाचारी कदमहरुलाई समयमै नियन्त्रण गर्न सचेत गराउने कामसम्म गर्न सफल भएको छ।