१४ बैशाख २०८१, शुक्रबार ६:५० | 04/26/2024 9:05 AM



डेमोक्रेटिक प्राईमरी ईलेक्सनका परिणामहरु आउन थाले

८ असार २०७८, मंगलवार २३:५४ मा प्रकाशित

नेपाली जनसमुदायको बाक्लो आवादी र बस्ति रहेको न्युयोर्क सिटी काउन्सिल डिस्ट्रिक नम्बर २५ र २६ को प्रारम्भिक नतिजा भर्खर न्युयोर्क सहरको बोर्ड अफ ईलेक्सनबाट प्राप्त भएको छ। न्युयोर्क सहरको यसपालीको प्राईमरी निर्वाचन र्याङ्क च्वाईस भोटिंग (श्रेणीबद्ध मतदान पध्दती) अन्तरगत सम्पन्न भएको छ। जस अनुसार अन्तिम बिजयी बन्नको लागि ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नु पर्ने हुन्छ।

पछिल्लो मत परिणाम अनुसार सर्वाधिक चर्चामा रहेको डिस्ट्रिक नम्बर २५ मा शेखर कृष्णाणले २२७८ मत (३०.८६ प्रतिशत), यी एन्डी चेनले १३६१ (१८.२२ प्रतिशत) र क्यारोलिन ट्रानले १३३० (१८.०२ प्रतिशत) मत प्राप्त गरेका छन भने डिस्ट्रिक नम्बर २६ मा अमित एस बग्गाले १८६६ मत (१८.०४ प्रतिशत), जुली वनले १८४६ मत (१७.८५ प्रतिशत) र ब्रेन्ट ओलेरीले १०२२ (९.८८ प्रतिशत) मत हाँसिल गरेका छन।

डिस्ट्रिक नम्बर २५ मा ९ जना र डिस्ट्रिक नम्बर २६ मा १६ जनाले उम्मेदवारी दिएका थिए। दुवै निर्वाचन क्षेत्रमा कुनै उम्मेदवारले पनि र्याङ्क च्वाईस मतदान पध्दती अनुसार आवश्यक पर्ने ५० प्रतिशत भन्दा बढी मत हाँसिल गर्न नसकेकोले दुवै क्षेत्रको निर्वाचन अर्को चरणमा जाने छ।

त्यसै गरि १३ जना चुनावी मैदानमा रहेको न्युयोर्क सहरको मेयरको पछिल्लो निर्वाचन परिणाम अनुसार एरिक आडम्सले अग्रता लिएका छन भने क्रमश: माया विली र क्याथरिन गार्सियाले उनलाई झिनो मतको अन्तरमा पछ्याई रहेका छन। मेयरको निर्वाचन पनि अर्को चरणमा जाने प्राय: निश्चित छ।