२६ बैशाख २०८१, बुधबार ४:३० | 05/08/2024 6:45 PM



“सम्प्रेषण” मा “समाचार”?

२९ फाल्गुन २०७१, शुक्रबार १५:१० मा प्रकाशित

बिजयी मुस्कानमा चिट्ठा बिजेता तेन्जिंग फुन्तसोक    तस्विर साभार: न्युयोर्क लोटरी
बिजयी मुस्कानमा चिट्ठा बिजेता तेन्जिंग फुन्तसोक तस्विर साभार: न्युयोर्क लोटरी

अमेरिकाको आर्थिक मन्दीले सबै खाले व्यापार र ब्यबसाय तहस नहस हुँदा पनि बिक्रि, नाफा र व्यापारका दृष्टिले निरन्तर उकालो लागेको एउटा ब्यापार हो चिट्ठा ब्यबसाय (लोटरी)l

न्युयोर्क लोटरीले गत अक्टोबर महिनाको २९ तारिख प्रकाशित गरेको समाचार अनुसार न्युयोर्क उडसाईड निवासी चौबिस बर्षिय तेन्जिंग फुन्तसोकले एक मिलियन डलरको भाग्यशाली चिट्ठा हात पारेका छन्l समाचारका अनुसार उनले स्क्र्याच गरेर खेलिने पाँच डलर मुल्यको लोट्टो (चिट्ठा) ज्याक्सन हाईट्स स्थित देल्ली हाईट्स रेस्टुरेन्ट एण्ड बारबाट किनेका थिएl

नामले नेपाली, तिब्बतियन अथवा भुटानी जस्तो लाग्ने उनको राष्ट्रियता समाचारमा खुलाईएको छैन, उनलाई प्राप्त हुने एक मुष्ट रकमले आफ्नो परिवारसंग मिलेर व्यापार ब्यबसाय गर्ने उनले बताएका छनl लोटरी (चिट्ठा) मा जितेको रकमको ठुलो अंश आयकर (ट्याक्स) मा जान्छ अब उनको भागमा मुस्किलले आधा मिलियन डलर पर्ने छl न्युयोर्क लोटरीको ठुलो लाभांश न्युयोर्क सिटी काउन्सिल मार्फत स्कूल डिष्ट्रिकहरुका लागि खर्च गर्ने गरिन्छl

यस्तो चिट्ठा जित्नेहरुको इतिहास खोतल्ने हो भने करिब अठासी प्रतिशत बिजेताहरुले आफुले ग्रहण गरेको ठुलो राशी सहिरुपमा ब्यबस्थापन गर्न नसक्दा अन्तत्वगत्वा सम्पूर्ण जीवननै तहसनहस पारेको फेहरिस्त छ तर हाम्रा तेन्जिंग भाईले चाही यो बिराट धनराशीलाई असल र सफलरुपले ब्यबस्थापन गर्न सक्षम हुन सकोस भन्ने म निजि कामना पनि गर्दछुl

तेन्जिंग फुन्तसोकलाई हाम्रो हार्दिक बधाई छl

(सम्प्रेषण नोट: यो समाचार/आलेखको आसय आम पाठकलाई चिट्ठा किन्न र खेल्न उत्प्रेरित गर्नु चाँही होईन)